Sarawal sit lahar Notis

नव निर्मित वडा कार्यालय भवनदेखि सेवा प्रवाह गरिने 

0 107

पप्पु रेग्मी
बर्दघाट,२३ श्रावण

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगर पालिकाको वडा नम्वर ७ जिमिरेभारको नवनिर्मित वडा कार्यालय भवनको सम्पूर्ण निर्मांण कार्य सम्पन्न भएको छ ।

वडा नम्वर ७ को वडा कार्यालयको भवन नभएकोले वडा कार्यालयले घर भाडामा लिई सेवा ग्राहिहरुलाई सेवा दिदै आएको थियो ।

वडा कार्यालयको नव निर्मित भवनको सम्पूर्ण कामहरु सकिएकोले आईतवार २४ गते देखि आफ्नै नवनिर्मित भवनबाट सेवा ग्राहिहरुलाई सेवा दिने भवन निर्माण समितिका अध्यक्ष दुर्गा दत्त ढुङ्गानाले बताउनु भयो ।

सो वडा कार्यालय भवनमा ३ साना कोठा १ हल कोठा टवाईलेट बाथरुम समेत गरि ६ कोठा बरावरको रहेको छ ।

बर्दघाट नगरपालिकाको करिव २७ लाख रुपैया लगातमा निमार्ण गरिईएको भवन निर्माण उपभोक्ता समितिका सचिव ध्रुव कुमार रेग्मीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.