Jilla Ban Notis

अन्नपुर्ण मोडल कलेजमा मास कम्युनिकेशन पढाइ हुने ।

0 68

वुटवल ,साउन–२०
अन्नपुर्ण मोडल कलेज वुटवलमा यस बर्षदेखि मास कम्युनिकेशन पढाइ हुने भएको छ । एसइइ पछि विद्यार्थीहरको रुचिलाई मध्यनजर गर्दै यस बर्ष देखि कक्षा ११ मा मास कम्युनिकेशन विषय अध्यापन गराउने क्याम्पस प्रमुख अनिल शर्माले जानकारी दिनुभयो । साथै विद्यार्थी र अभिभावकहरुको समेत रुचिलाई मध्यनजर गर्दै प्रत्येक शैक्षिक बर्षमा सोहि अनुसारका विषयहरु लाई थप गरिएको क्याम्पस प्रमुख शर्माको भनाई छ ।
त्यस्तै कलेजको भौतिक एंव शैक्षिक गुणस्तर मा कत्ति पनि सम्झैता नगरि बर्तमान आवश्यकता तथा भविष्यलाई समेत दृष्टिगत गरि व्यवस्थापन समिति लागी परेको क्याम्पसका अध्यक्ष डा. धर्मराज भट्राईको भनाई छ ।
नर्सरी देखि स्नातकोत्तर सम्म को सम्मको पढाइ हुने कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यावस्थापन, मानविकी, शिक्षा , कानुन संग सम्वन्धित विषयहरु संचालनमा रहेका छन् । त्यस्तै स्नातक तहमा ग्रामिण विकास , समाजशास्त्र र अंग्रेजी विषयहरुमा रहेको छ भने स्नातकोत्तर तहमा ग्रमिण विकास रहेको छ ।

Leave A Reply

Your email address will not be published.