Sarawal sit lahar Notis

लियो क्लब अफ नवलपरासी दाउन्नेको अध्यक्षमा दिपेन्द्र पौडेल

0 51

बर्दघाट,असार–२०
नवलपरासी दाउन्नेको लायन्स वर्ष २०२१/०२२ को लागि अध्यक्षमा दिपेन्द्र पौडेल चयन हुनुभएको छ । लायन्स क्लबको शनिवार भएको तेस्रो साधारण सभा तथा अधिवेशनवाट लायन्स वर्ष २०२१/०२२ को लागि पौडेल अध्यक्षमा चयन हुनुभएको हो ।
जस्को प्रथम उपाध्यक्ष्ँमा राजन भण्डारी,सचिवमा किरण बस्याल,कोषाध्यक्षमा मिलन पाण्डे,सह–सचिवमा पारस न्यौपाने,सह–कोषाध्यक्ष्ँमा सन्देश सापकोटा र वेलबुईस्टारमा मन्दिरा शाही चयन हुनु भएको निवार्चन अधिकृत नविन भण्डारीले जानकारी दिनु भएको छ ।

आशिष दहालको अध्यक्षतामा भएको कार्यक्रमको समापन संगै पुनः नव निर्वाचीत अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न् भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लायन्स डिस्टिक ३२५ बि टू का रिजन कोडिनेटर एवं लायन्स क्लब अफ नवलपरासी दाउन्नेका पूर्व अध्यक्ष युवराज डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न् भएके थियो ।
कार्यक्रममा तिलक खनाल,भिम प्रसाद सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.