sunwal

नेपाली काङ्ग्रेसद्धारा सहिद स्मृति सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

22

कृष्ण ढकाल
बर्दघाट,असार–१७
बर्दघाट–१४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालका लागी नेपाली काङ्ग्रेसले अक्सिजन उत्पादन गर्ने मेसिन [Oxygen Concentrator] प्रदान गरेको छ । सहिद स्मृति सामुदायिक अस्पतालका लागी नेपाली काङ्ग्रेस केन्द्रिय समितिले प्रदान गरेको उक्त मेसिन आफुले हस्तान्तरण मात्र गरेको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कंडेलले बताउनु भएको छ ।


सहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपानेलाई अक्सिजन उत्पादन गर्ने मेसिन सहित ३ बक्स माक्स समेत हस्तान्तरण गर्दै सांसद कंडेलले कोभिड–१९ संक्रमित विरामीहरुका लागि मात्र नभै पछि अन्य विरामीहरुका लागि समेत प्रयोग गर्न सकिने बताउनु भएको थियो । यहांले यो सानो सहयोग भएपनि पछि अन्य सहयोग गर्दे जाने समेत बताउनु भयो ।
सो अवसरमा सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरी,नेपाली कांग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ लगाएतका नेता कार्यताहरुको उपस्थिती रहेको थियो ।