Jilla Ban Notis

२० करोड ७८ लाखको लागतमा पृथ्वीचन्द्र अस्पतालमा नयां भवन निर्माण शुरु।

0 42

कृष्ण ढकाल
बर्दघाट,साउन–१३
नवलपरासी जिल्लाको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र अस्पतालले दुई बर्ष भित्र नयां भवन निर्माण गरी विशेषज्ञ सहितको सेवादिन सक्षम हुने लुम्बिनी प्रदेश सरकारका प्रवतmा एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी बताउनु भएको छ ।
बुधवार गृहजिल्ला परासी आउनु भएका मन्त्री चौधरीले पृथ्वीचन्द्र अस्पतालका लागि बन्न लागेको २० करोड ७८ लाख १६ हजार बरावरको नयां भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधनगर्दै उक्त कुरा बताउनु भएको हो ।
मन्त्री चौधरीले अहिले भौतिक पुर्वाधार अभावले अस्पताल नै विरामी भकाले गुणस्तरीय सेवामा केहि समस्या आएको बताउदै अब नयां भवन बनेसंगै विशेषज्ञ सहितको सेवा दिनमा सक्षम हुने बताउनु भएको थियो ।
संघ,प्रदेश र स्थानिय तहबाट छुट्टा–छुट्टै तरीकाले विकासका थुप्रै योजनाहरु परासी लगाएतका क्षेत्रमा लागुभएका कारण जनप्रतिनिधि आएपछि विकास लहर नै चलेको बताउनु भएको थियो । उहांले अबको केहि वर्षमा सबैले महसुश गर्ने खालको विकासको परिणाम आउने समेत बताउनु भएको थियो ।

मन्त्री चौधरीले शिलान्यास गरेको पृथ्वीचन्द्र अस्पतालको योजना परासी क्षेत्रकै ठूलो लगानी भएको पहिलो योजना हो । जुन श्याम सुन्दर÷एन.बि. जे.बि नयाँ बानेश्वर काठमाडौले निर्माणको काम लिएको छ ।

१ हजार ७ सय ३७ बर्ग मिटर आयोजना स्थलको क्षेत्रफलमा ३ तल्ले भवन निर्माण गर्नेगरी कम्पनीले २०७८ असार १४ गते कार्यको शुरुगरि २०८० असार २९ मा सम्पन्न गर्ने गरि आयोजनाको सम्झौता गरेको छ ।

भवनको निमार्ण सम्पन्न् भएपछि ओपिडी सेवा,आकास्मिक सेवा,प्याथोलोजिल्याब सेवा,फार्मेसी सेवा,अवजर्वेसन ट्रिटमेन्ट,ब्लडबैंक,एक्स रे कक्ष,कुरुवा कक्ष,रिकभरी हल,अपरेटिगँ थ्रेटर,२० पि.एस.जि. बेड लिफ्ट(१ हजार २ सय ५० केजीसम्म क्षमताको),खोपकेन्द्र,इसिजि र युएसजी सेवा,फिजियो थेरापी सेवा,प्रसुती गृह,जनरल वाड,विशेषज्ञ वाड,डाक्टर र नर्स कक्ष,सर्जिकल वाड,आइसोलेसन युनिट,डेण्टल क्लिनिक,डेण्टल वर्कसप,चेन्जिगँकक्ष,साइकोलोजिकल कन्सल्टिगँ सेवा,बहुदेश्यि हल,पुस्तकालय तथा प्रशासन शाखा समेत सञ्चालन हुने बताईएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभासदय रामलखन हरिजन,प्रदेश सभा सदस्यद्धय दिपेन्द्र कुमार अधिकारी,बैजनाथ कलवार,संविधानसभा सदस्य घनश्याम यादव लगायत जिल्लाका जनप्रतिनिधिहरु तथा विभिन्न संघ–संस्थाका प्रमुखहरुकोे समेत विशेष उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.