Jilla Ban Notis

ठिक ३ वर्षमा फेरी ब्युतीयो चिसापानीको जग्गा काण्ड ( फोटो कथा )

0 72

कृष्ण ढकाल
राष्ट्रिय आवास कम्पनी लि.योजना कार्यालय नवलपरासी ,बर्दघाट –१,पुर्नवासले बर्दघाट–२ चिसापानीको ढेंडारी फांटमा रहेको जग्गामा प्लानीङ्ग गर्न शुरु गरेपछि फेरी स्थानीयवासीहरु आन्दोलीत भएका छन् ।
बर्दघाट – २ ग कित्ता नम्बर १३१० को ८ बिघा २ कठ्ठा १२ धुर जग्गाको संरक्षणमा बर्दघाट नगरपालिका र नगरका राजनितिक दलहरु गम्भिर नभएका कारण जग्गा चिसापानी अस्पतालले नपाउने संभावना नरहेको र भूमाफियाहरुको हातमा गएको भन्दै स्थानियवासी आन्दोलीत भएका छन् ।

आज विहान स्थानिय सूर्यज्योती युवा क्लवले चिसापनी क्षेत्रका एक घर एक ब्यक्तिलाई फिल्डमा जम्मा गरेर जग्गा जोगाउन आवाहन गरेको थियो । सोही भेलाले चन्द्र बहादुर थापा मगरको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ ।

नवगठीत संघर्ष समितिले आज नै बर्दघाट नगरपालिका वडा नम्वर २ को वडा कार्यालयमा ताला लगाएको छ । आफ्नो वडामा अस्पताललाई भनेको जग्गा विक्रि वितरणका लागि राष्ट्रिय आवास कम्पनीलाई सिफारीस दिएको भन्दै नवगठीत संघर्ष समितिले ताला लगाएको जनाएको छ ।

वडा कार्यालयमा ताला लगाएसंगै आक्रोसित स्थानिय भिडले बर्दघाट नगरपालिकामा पुगेर नगर प्रमुखका विरुद्ध नारावाजी समेत गरेको थियो । शुरुमा गेट प्रवेशमा समेत नगर प्रहरी र नेपाल प्रहरीले रोकावट गरेपछि आक्रोशित भिडले नगरपालिकाको मुल गेट फोरेर कार्यलयमा प्रवेश गरेको थियो ।

नगरपालिकाले सुरक्षाका लागि नेपाल प्रहरीको फोर्स बोलाएर भिडलाई कार्यालय भित्र प्रवेशमा रोक लगाएपछि आक्रोसित भिडले नगर प्रमुख धिरज शर्मा बस्याल विरुद्ध नारावाजी गरेका थिए ।


उनीहरुले जनताले पठाएको मेयरले जनताका पक्षमा काम नगरेको भन्दै भष्ट्रचारी मेयर चाहिदैन
भष्ट्रचारी मेयर राजीनामा दे
राष्ट्रिय सम्पत्ति बेच्न पाईदैन
भू–माफिया मुर्दावाद
जनतालाई न्याय दे जस्ता अपशब्दहरुको प्रयोग गर्दे नगरपालिका कार्यालयको मुलद्धारमा नारवाजी गरेका थिए । नारावाजीसंगै भिडले मुलगेटमा नै ताला लगाउन तम्सीएपछि नगर प्रमुखको कार्यकक्षमा केही प्रतिनिधिमुलक रुपमा छलफल भएको थियो ।

छलफल पश्चात नगरपालिकाको तर्फवाट उक्त जग्गाको विक्रि वितरणका लागि कहि कतै सिफारीस नगर्ने भन्दै प्रतिवद्धता सहित नगर प्रमुखधिरज शर्मा बस्यालले विज्ञप्ती जारीगरेपछि आक्रोशित भिडफर्केको थियो ।

यस विषयमा नगर प्रमुख बस्यालसंग जिज्ञासा राख्दा नगरपालिकाले आफ्नो स्तरवाट सो जग्गालाई नगरपालिकाको माताहतमा ल्याउने र अस्पतालका लागि नै प्रयोग गर्नेगरी संघिय र प्रदेश सरकारसंग समन्वय गरीरहेको बताउनु भएको छ ।

२०७६ फागुन ४ गते सर्बाेच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र न्यायधीश कुमार रेग्मीको संयुक्त इजलाशले उक्त जग्गाको मुद्धामा तिमिल्सिना टे«डर्स प्रालिको पक्षमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । सोही आदेश अनुसार आफुहरुले कार्यन्वयन गर्नखोज्दा अवरोध भएपछि स्थगित गरीएको राष्ट्रिय आवास कम्पनी लि.योजना कार्यालय नवलपरासी ,बर्दघाट –१,पुर्नवासका प्रमुख महेन्द्र थापाको भनाई रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.