Jilla Ban Notis

पार्टीलाई मज्बुत बनाउन सबैनेता कार्यकर्ता आ–आफ्नो स्थानवाट लाग्न अध्यक्ष अधिकारीको आग्रह ।

0 24

कृष्ण ढकाल
बर्दघाट,साउन–७
राजनितिमा सबैकुरा सम्भब रहने भएकाले नेकपा एमालेको एकता पनि सम्भब रहेको नेकपा एमालेका नवलपरासी जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । विगतका कमीकम्जोरीहरुलाई सबैले छोडेर पहिला पार्टी र संगठनलाई अग्रपंतिमा राखेर आ–आफ्नो पदीय जिममेवारी अनुसार अघि बढेमा एकता सम्भव रहेको अध्यक्ष अधिकारीको भनाई रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले बर्दघाट नगर कमीटीले ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आज बर्दघाटमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधनगर्दै अध्यक्ष अधिकारीले उक्त कुरा बताउनु भएको हो । सुखी जनता समृद्ध नेपाल बनाउनका लागि पहिला पार्टीलाई बलियो बनाउन जरुरी रहेको अध्यक्ष्ँ अधिकारीले बताउनु भएको थियो । पार्टी बलीयो भएपछि जनता हक र अधिकार स्थापित गर्न पार्टी कटीबद्ध भएर लाग्ने भएका कारण पार्टीलाई मजबुत र एक ढिक्का बनाउन तर्फ सबै नेता कार्यकर्ता आ–आफ्नो स्थानवाट लाग्न आग्रह समेत गनुृ भएको थियो ।

नेकपा एमाले बर्दघाट नगर कमीटीका कार्यवहाक अध्यक्ष लक्ष्मी बर्ताैलाको अध्यक्षता र नेकपा एमालेका नवलपरासी जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका जेष्ठ कम्युनिष्ठ मञ्चका केन्द्रीय सदस्य खिमलाल पोखरेल लगाएत पार्टीका जिल्ला र प्रदेश तहका नेताहरु एवं पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रदीप सुवेदीको संचालन र आन्नद पुरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरुले पुष्पलालको राजनितिक जिवन र अहिलेको पार्टीको अवस्थाका वारेमा आ–आफ्ना धारणाहरु राखेका थिए ।

पुष्पलाल श्रेष्ठको जिवनी यस्तो छ

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

वि।सं। १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा जन्मनुभएका श्रेष्ठले नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भारतको कलकत्ता, श्याम बजारमा गोप्य रूपमा र भूमिगत तरिकाबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए।

२००६ साउन ७ अर्थात् सन् १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुका साथै पुष्पलालले दुई वर्ष २००८ साल सम्म महासचिव चलाएका थिए। पुष्पलालले २००५ सालमा कम्युनिष्ट घोषणापत्रको पहिलोचोटि नेपालीमा अनुवाद गरे । त्यसलगतै उनले कम्युनिष्ट विचारधारा अनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्र हो ।

पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदान अतुलनीय छ । वास्तवमा जनवादको नारा उनैले लगाए । उनलाई मौलिकवादी चिन्तक पनि मानिन्छ । उनले गणतन्त्रको नारा लगाउँदै क्रान्तिको दिशानिर्देश गरे भने द्वन्द्ववादी दृष्टिकोणको विचार विश्लेषण गर्ने सबै कुराको श्रेय पुष्पलाललाई जान्छ ।
२२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्ता श्याम बजारमा भएको हो । त्यहीबेला संस्थापक महासचिव पुष्पलालले नेतृत्व गरेर उहाँसहित ६ जना पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, मोतीदेवी, निरन्जन गोविन्द वैद्य संस्थापकको रूपमा चिनिएका हुन ।

Leave A Reply

Your email address will not be published.