Sarawal sit lahar Notis

सरावलमा बालविवाह विरुद्ध सडक नाटक

0 55

महेश यादव
सरावल ,४ श्रावण

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर (६ पुसौलिमा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र सरावल गाउँपालिकाको समन्वय सहकार्य तथा मुस्कान सवाद केन्द्र पुसौलिको आयोजनामा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हो ।
संवाद सहयोग समितिका सदस्य सरिता देवि कहारको अध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्ष कैलाश यादवको प्रमुख अतिथतामा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले बालविवाह गर्नु एक कानुनी अपराध भएको बतानु भएको थियो । सानो उमेरमा बालविवाह गरे पश्चात विभिन्न समस्या र चुनौतिहरु हुनेगरेको र जसका कारण बालबालिकाहरुको मानसिक र परिवारिक जिवनमा समस्या आउने गरेको बताउनु भएको थियो । बालबालिकाहरुलाई बिहे गर्नु भन्दा शिक्षा आर्जन गराउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा समाजसेवी राजेन्द्र प्रसाद कुर्मि , एबिसि नेपालका सुपरभाइजर साईदा निसा पठान , महेश यादव लगाएका उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.