sunwal

नेपाली कान्ग्रेस बर्दघाट नगरसभापतिमा ५ जनाको दावी

48

कृष्ण ढकाल
बर्दघाट,साउन–२
सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अन्तीम तयारी भैरहदा नवलपरासीको बर्दघाट नगरपालिकामा भने सभापतीका लागि निक्कै गुटबन्दी भैरहेको छ । जिल्लामा भएको गुटगत राजनीतीको अन्त्यगर्नका लागि केन्द्रीय कमीटीले समेत पटक–पटक पहलगर्दा समेत अहिले सम्म त्यसको अन्त्यहुन सकेको छैन् ।

अहिले पनि जिल्ला,नगर देखि गाउंटोलहरु सम्म सत्तारुढ नेपाली कांग्रेसको गुटगत राजनिति झङ्गीदै गएको छ । अहिलेको १४ औं महाधिवेशनले नवलपरासी जिल्लाको गुटगत राजनीती झनै झाङ्गीएको छ ।

सत्तारुढ नेपाली कांग्रेसको जिल्लामा विक्रम खनाल र देवेन्द्र राज कंडेल गुप्रको छुट्टा–छुट्टै सुमुह बनेसंगै बर्दघाट नगरमा पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि दुई छुट्टा–छुट्टै प्यालनवाट नगर सभापतिका दावेदारहरु खडाभएका छन् ।

अहिले बजारमा चर्चामा आएका बर्दघाट नगरसभापतिका दावेदारहरुमा वर्तमान नगर सभापति शम्भुलाल श्रेष्ठ,सह–सभापति दामोदर जि.सी,उप–सभापति सुरज के.सी.कार्यसमिति सदस्य बालिन्द्र विक्रम शाही र पूर्व उप–सभापति ईन्द्र सापकोटा रहेका छन् ।

नगर सभापतिमा जस्ले दावागरेपनि केन्द्रको राप र तापले नछोएमा वर्तमान नगर सभापति शम्भुलाल श्रेष्ठ र सह–सभापति दामोदर जि.सी वाट नै एक जना नगर सभापति हुने पक्का छ । तर
नगर सभापतिमा पुनः आकांक्षा राख्ने शम्भुलाल श्रेष्ठले अस्वस्थ प्रतिस्पद्र्यँ र सिनियरताको अपमुल्याङ्कन भएका कारण आफुले नगर सभापतिमा दावि गरेको र छोड्न नसक्ने श्रेष्ठको भनाई रहेको छ । उहांले यदि स्वस्थ प्रतिस्पद्र्यँ र सिनियरताको मुल्याङ्कन भएमा के.सी. वा सापकोटालाई नगरको जिम्मा लगाएर आफु जिल्लाजान तयार रहेको बताउनु भएको छ ।

त्यसैगरी नगरको सह–सभापति रहेका दामोदर जि.सीले अग्रजहरुले अब पार्टीलाई मज्बुत बनाउदै अघिबढ्नु पर्ने बताउनु भयो । उहांले अग्रजहरुले जिल्ला,क्षेत्र र केन्द्रमा पार्टीलाई मज्बुत गराउदै जाने र आफुले नगरलाई थप मज्बुत बनाउदै नयां पिर्ढीलाई स्थान दिने बताउनु भएको छ । उहांले नयां जोसजागर भएका नेताहरुको ब्यवस्थापन गर्दै अग्रज नेताहरुको लागी आफुहरुको पूर्णसहयोग रहने भएको हुदां श्रेष्ठले आफुलाई नगरको जिम्मा लगाएर जिल्ला जानेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

यता दुबै खेमाका नेता कार्यकर्ताहरुले बर्दघाट नगर सभापतिका दावेदारहरुलाई मिलाएर साझा उमेद्वार बनाउनका लागि निक्कै मिहेनत गरीरहेका छन् । स्रोतका अनुसार उनीहरुले हिजो अतार्थ साउन १ गते पहिलो चरणको बसाई बसेको बुझीएको छ । उनीहरुले कुनै पनि हालतमा दुई खेमा हुन नदिने भन्दै युवा तथा विद्यार्थीहरुको स्तरवाट वार्ता समिति गठन गरेको बुझिएको छ ।

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार तल्लो तहका अधिवेशन यहि साउन १२ देखि नै सुरु हुने बताईएको छ । त्यसका लागि क्रियाशील सदस्यता र निर्वाचन समितिको निर्देशिका टुंगो लगाउने काम भइरहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । तर भदौ १६ देखि १९ गतेका लागि तय भएको केन्द्रीय महाधिवेशन भने प्रभावित हुन सक्ने अनुमान गरीएको छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन १२ गते, गाउँ र नगरको अधिवेशन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ हुनुपर्ने छ । तर क्रियाशील र समायोजन विवादका कारण वडा तथा गाउँ नगर अधिवेशनको मिति हेरफेर हुनसक्ने नेताहरुले बताएका छन् ।