Jilla Ban Notis

युवाहरुका लागि एड्भान्स हेयर कटिङ्ग तालीम सम्पन्न् ।

0 59

कृष्ण ढकाल
बर्दघाट,असार–२८
युवाहरुका लागि एड्भान्स हेयर कटिङ्ग तालीमको सोमवार एक कार्यक्रमका बिच समापन गरीएको छ । बर्दघाट नगरपालिकाको आर्थिक सहयोग र पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेशन प्रा.ली बुटवलको आयोजनामा संचालित एक महिने तालीमको बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा समापन गरीएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले तालीममा सहभागिहरुलाई तलाीममा सिकेको सिपलाई ब्यवसायिक ब्यवहारमा उर्तान आग्रह गर्दै त्यसका लागि नगरपालिकाले आवश्यक सबै सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै पत्रकार यम रानाले अब सिपलाई ब्यवसायिक बनाएर आर्थिक समृद्धि तर्फ लाग्न जररी रहेको बताउनु भएको थियो । उहांले कुनै मानिसले जबसम्म आफुलाई ब्यवसायिक बनाउन सक्दैन उस्ले जिवनमा प्रगति गर्न सक्दैन भन्दै तालीममा सिकेको सिपलाई ब्यवसायिक बनाउन आग्रह गर्नु भएको थियो ।

पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेशन प्रा.ली बुटवलका संचालन मोहन ठाकुरको अध्यक्षतामा भएको समापन कार्यक्रममा बर्दघाट नगरपालिकाका योजना शाखा प्रमुख तथा सुचना अधिकृत पुष्कर काफ्ले लगाएतको उपस्थिती रहेको थियो ।

एड्भान्स हेयर कटिङ्ग तालीममा बर्दघाट नगरपालिका क्षेत्रभित्रका ३० बढी युवतीहरुको सहभागिता रहेको थियो । तालीममा शिव ठाकुर र सुस्मा पुनले प्रशिक्षकका रुपमा सहजीकरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.