Jilla Ban Notis

किशोरी,सुत्केरी तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य सामाग्री वितरण ।

0 45

कृष्ण ढकाल
बर्दघाट,असार–२५
स्वास्थ्य सुरक्षाका हिसाबले अन्य महिलाहरु भन्दा किशोरी,सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखीममा रहने भएकाले उनीहरुको स्वास्थ्य सुरक्षाका लागि सबैले विषेश ध्यान दिन जरुरी रहेको मेचीकाली बुहारी संयुक्त आवाजकी लुम्बिनी प्रदेश संयोजक लता खड्का क्ष्ँेत्री बताउनु भएको छ । मेचीकाली बुहारी संयुक्त आवाज नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको किशोरी,सुत्केरी तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य सामाग्री वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको थियो ।

संयोजक क्ष्ँेत्री जब सम्म किसोरी तथा महिलाहरुलाई जनचेतना जागृत गर्न सकिदैन तब सम्म महिलाहरु सर्धै पछि पर्ने भएकाले अब महिलाहरुलाई आरक्षण दिने र सान्तोना दिने काम बन्द गरेर उनीहरुलाई शिक्षा र संगै सामाजिक जनचेतना प्रदान गर्न जरुरी रहेको बताउनु भयो।

समाजमा रहेका विभिन्न किसमका कुरीति,कुसंस्कार ,विसंगती र कुदृष्टिका कारण थुप्रै महिला हिंसाका घट्नाहरु घट्ने गरेको संयोजक खड्काले बताउनु भएको थियो । त्यसैगरी पछिल्लो समय एक वर्षमा अर्थात अघिल्लो बैशाख १६ गते देखि असार १५ गते सम्म ओरेक नेपालले गरेको सर्वेक्षणको तथ्याक अनुसार ३ सय ५६ वटा घरेलु हिंसाका घटनाहरु घटेको बताउनु भएको छ । त्यसैगरी ५१ वटा सामाजिक हिंसा ६ वटा बलत्कारका घट्ना,१५ वटा यौन तथा दुर्वब्यहार,३० वटा हत्याका घट्ना र १० वटा हत्याका प्रयास,७ जान आत्म हत्या,६ वटा मानव वेच विखन,२३ वटा अन्य प्रकारका हिंसा र ३ वटा एसिडका घट्ना भएको बताउनु भएको थियो ।

सिदार्थ समाजिक विकास केन्द्र कपिलवस्तुको सहयोगमा मेचीकाली बुहारी संयुक्त आवाज नवलपरासीले बर्दघाट नगरपालिका वडा नं. ४ भित्रका ,अतिविपन्न तथा गरीव घरपरिवारका किशोरी,सुत्केरी तथा गर्भवती महिलाहरुलाई आज स्वास्थ्य सामाग्री वितरण गरेको थियो । जस्मध्ये ११ जना गर्भवती ,३५ जना किशोरी र १० जना सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरीएको थियो ।
बर्दघाट उद्योग वाणीज्यसंघले निःशुल्क रुपमा उपलब्ध गराएको सभाहलमा आयोजीत कर्यक्रम मेचीकाली बुहारी संयुक्त आवाज नवलपरासीकी अध्यक्ष लक्ष्मी भुषाल खरेलको अध्यक्षता ,गंगा ज्ञवालीको स्वागत र सिता भण्डारीको संचालनमा भएको थियो ।


कार्यक्रममा मेचीकाली बुहारी संयुक्त आवाजकी कपिल्वस्तु संयोजक चन्दा अर्याल, सिदार्थ समाजिक विकास केन्द्र कपिलवस्तुका पूर्व अध्यक्ष पोम नारायण पौडेल,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.