sunwal

वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी ः मुख्यमन्त्री पोखरेल

राष्ट्रिय रेकर्ड कायम गर्न १ घण्टामा २० हजार बढी बिरुवा रोपिएको दावी

56

कृष्ण ढकाल
बर्दघाट,असार–१४
वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर उद्योग वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश सरकारले आयोजनागरेको बृहत्त वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री पोखरेलले नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको भएपनि काठ पैदावार भने विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यो बाध्यताको अन्त्यगर्न वन क्षेत्रको दिगो व्यवस्थापन हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो।

पश्चिम नवलरासीको सुनवल नगरपालिका वडा नं. १ जर्गाहामा रहेको श्री कोटही देवी सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रमा १ घण्टामा २० हजार बढी बिरुवा रोपि नेपालमा नयां रेकड कायम गर्न लागेको उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले दावी गर्नुभएको छ ।

प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय राजनीतिक दल, संघ–संस्था लगायत प्रतिनिधिहरुको सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा १५ सय बढी मानिसहरुको सहभागिता रहेको र सबैले १०÷१० वटाका दरले वृक्षारोपण गर्न आग्रह गरीएको थियो ।

कोटही देवी सामुदायिक वन उपभोक्ता समुहको २९ हेक्टर क्षेत्रफल मध्ये १५ हेक्टरमा वृक्षारोपण गरिएको र वृक्षारोपणका लागि १६ वटा स्टलहरु निर्माण गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।