Jilla Ban Notis

सुस्ता गाउँपालिकाद्धारा आ ब ०७८र०७९ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत

कृषि तथा स्वास्थ्य, पर्यटन र पुर्वधार बिकास क्षेत्रलाई उच्च प्राथमिकता

0 39

श्याम थापा

सुस्ता ८ असार

समृद्ध सुस्ताका लागी पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७८र०७९ को बार्षिक निति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्य, पर्यटन र पुर्वधार बिकास क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ ।

मंगलबारको दिन भएको सुस्ता गाउँपालिकाको ९ औ गाउँ सभामा गाउँपालिका अध्यक्ष एवं सभाका सभा अध्यक्ष रामप्रसाद पाण्डेयले आर्थिक बर्ष ०७८र०७९ को बार्षिक निति तथा कार्यक्रममा कोभिड १९ कोरोनाको दोस्रो भाइरसबाट प्रभावित युवा तथा किसानहरुलाई लक्षित गरि कृषि तथा स्वास्थ्य,पर्यटन र पुर्वधार बिकास क्षेत्रमा उच्च प्राथमिकताको साथ बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका छ्न ।

सभाका अध्यक्ष एवं सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेयले कृषि र स्वास्थ्य,पर्यटन र पुर्वधार बिकास क्षेत्रमा उच्च प्राथमिकता राखी विभिन्न क्षेत्रलाई समाबेश गरि ल्याएको बार्षिक निति तथा कार्यक्रमलाई प्रस्तुत गर्दै जनता हाम्रो भर बिपन्नलाई सुरक्षित घर आवस कार्यक्रम,स्वच्छ र हरित गाउँपालिका,सुस्ताको चाहाना कृषि पशुपालनमा सम्भावना,जेष्ठ नागरिक संग स्वास्थ्यकर्मी,कृषकको साथी प्राबिधिक,पर्यटकीय गन्तव्यको बिकास,भ्रष्टाचारमुक्त राजनीति र कर्मचारी प्रशासन एवं जनताप्रती जवाफदेहि गाउँपालिका प्रशासन,स्वच्छ सुन्दर,समृद्व सुस्ता सुखी सुस्ताबासीको अभियानको साथ गाउँपालिका अघि बढेको अध्यक्ष पाण्डेयले बताएका छन् ।

गाउँपालिका अध्यक्ष पाण्डेयले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रममा भौतिक पुर्वधार बिकास तर्फ सडक,सिचाइ,खानेपानी तथा उर्जा र बैकल्पिक उर्जा,गाउँपालिका स्तरीय गौरव कार्यक्रम,सहकारी एवं वित्तीय संस्थाको व्यवस्थापन,कर सेवा शुल्क तथा राजस्व,पर्यटन बिकास तर्फ समग्र सुस्ता क्षेत्रमा रहेका धार्मिक,सास्कृतिक,प्राकृतिक आकर्षण सम्पदाहरुलाई पर्यटकीय केन्द्रको रूपमा बिकास गर्न ऎतिहासिक धार्मिक स्थल चुहाडी अनुमाघाट,मदारबाबा क्षेत्र र सुस्ता ३ र ४ बिगैपमा बहुउद्देश्यीय पोखरी निर्माण सहित मनोरञ्जन स्थानको निर्माण लगायतका क्षेत्रमा रहेको छ । शिक्षा तथा खेलकुद तर्फ आवश्यकता अनुसार सामुदायिक बिधालय स्थापना,निशुल्क तथा गुणस्तरीय शिक्षा,विद्यार्थी अनुपात शिक्षकको दरबन्दी,खेलाडी उत्पादन र सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता लगायतका क्षेत्रमा समावेश गरिएको छ ।


त्यसैगरी आधारभुत स्वास्थ्य र सरसफाइ तर्फ स्वच्छ,सुन्दर र हरित सुस्ता गाउँपालिका अभियान र लेङ्गिक समानता तथा समाजिक समावेशीकरण तर्फ जेष्ठ नागरिक,आदिवासी जनजाती,महिला तथा बालबालिका दलित तथा अन्य विपन्न बर्ग समुदायको हकहितमा कार्यक्रम समावेश भएको छ भने सूचना तथा सञ्चार,खानेपानी उर्जा र बैकल्पिक उर्जा लगायत विविध क्षेत्रमा समावेश गरि बार्षिक निति तथा कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले ल्याएको सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले बताए ।

गाउँपालिकाले बनाएको आर्थिक बर्ष ०७८र०७९ को बार्षिक निति तथा कार्यक्रम ९ औ गाउँ सभाले पास गरेको छ भने सभामा उपस्थित वडा अध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक निति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको साथै निति तथा कार्यक्रमको पुर्ण रूपमा समर्थन रहेको बताएका छन् भने सभामा स्वागत सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले गरेका थिए र सभाको कार्यक्रम संचालन सुस्ता गाउँपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख बिष्णु प्रसाद ढकाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.