Jilla Ban Notis

कोरोना ः महेश यादव (प्रेम)

0 44

 

कोरोना आयो लकडाउन गरायो ।
मानिसको स्वस्थ जिवनलाई खराब बनायो ।।

नयाँ भेरियन्ट आए पछि माक्स अनिवार्य लगाउन सिकायो ।
आउदै गरेको तीन प्रकारको भेरियन्टले बिश्वमा तनाब मच्चाउने सम्भावना बढायो ।।

कोरोना बाट वच्न सरकारले विभिन्न स्वास्थ मापदण्ड चलायो ।
भाईरस रोकथाम गर्न लकडाउन बढायो ।।

सरकारले लकडाउन गराएर घरमै बस्न सिकायो ।
श्रम गरेर खानेहरुको लागि ज्याला मजदुरी गर्नेलाई कडानियम लगायो ।।
सुन्नमा मैले पनि सुने कि जनताको हितको लागि गरायो ।।
तर ए हजुर कर र ब्याज लिनको लागि बैंक र कार्यालय खोल्न नियम लगायो ।।

लकडाउन र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कैद र जरिवाना लगायो ।
नेताज्युहरुलाई आफु हिड्न कठिन नहोस भनेर पहिलै देखि सरकारी गाडि दिने नियम बनायो ।।

संसद बिघटनले राजनितिलाई धराप बनायो ।
नयाँ सरकार बनाउने चक्करमा नेताज्युहरुले कोरोना सराए ।।
पद ,कुर्सी र पैसाको लागि नेताज्युहरुले संसद बिघठन गराए ।
आफ्नै फाईदाको लागि राजनितीमा जनतालाई भेंडा बनाए ।।

नेताज्युहरुले आफु पूरा पेट खाएर पद पाउनलाई चुनाव गराए ।
लकडाउन गराएर जनतालाई भोखो पेट बस्न बाध्य बनाए ।।

✍️महेश यादव (प्रेम)

Leave A Reply

Your email address will not be published.