Sarawal sit lahar Notis

न्युनतम सेवा मापदण्ड कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न

0 163

जीवन न्यौपाने
बर्दघाट,असार–२
बर्दघाट नगरपालिकाको आयोजनामा पन्चनगर स्वास्थ्य चौकिमा मंगलवार स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष तथा पञ्चनगर स्वास्थ्य चौकी संचालन तथा ब्याबस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षता स्वास्थ्यमा भएको उक्त समिक्षा कार्यक्रममा बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवलि,पञ्चनगर स्वास्थ्य चौकी ब्याबस्थापन समितीका पदाधिकारी र स्वास्थ्य चौकिका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
समिक्षा कार्यक्रममा पञ्चनगर स्वास्थ्य चौकीले प्रदानगरेको सेवामा हालसम्मको न्युनतम सेवा मापदण्ड अनुसार करिब ८० प्रतिशत प्रगती भएको र बांकी रहेका मापदण्ड आगामी ६ महिना भित्र पुरागर्ने प्रतिबद्धता स्वास्थ्य चौकी प्रमुख बाबुराम तिमिल्सिना प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवलिले स्वास्थ्य चौकिको सेवा प्रभाह राम्रो रहेकोले धन्यवाद सहित यसलाई कायम राखी अन्य मापदण्ड पनि पूरा गर्ने तर्फ कार्यक्रम सन्चालन गर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा सुदिपा शर्मा र हुम प्रसाद पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.