Jilla Ban Notis

कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

0 132

२९ जेठ, पोखरा

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।

पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी ९जसपा०बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन् । चारैजना मन्त्री विना विभागीय हुन् ।

मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् । @ अनलाईन खवर

Leave A Reply

Your email address will not be published.