Jilla Ban Notis

सुस्ता बचाउ अभियानकै व्यक्तिहरुद्धारा खानेपानी आयोजनको काम अवरुद्धगर्दा सुस्ताबासी चिन्तित

0 43

गौरीशंकर जयसवाल

परासी ,जेठ –२९
पश्चिम नवलपरासीको सुस्तामा विगत दुई बर्ष देखिको सुरु भएको खानेपानी अयोजनाको काम दुईपक्षको स्थानियबासीहरुको बिरोधको खिचा तानिले गर्दा काम अवरुद्ध भएको छ । दुई पक्षको स्थानियबासीहरु बिरोधको खिचा तानिने गर्दा समयमा खानेपानीको आयोजनाको काम अन्योलता देखिएको छ ।
आयोजना सुरु हुदाँ सहमति भएको जग्गा पछि विवादीत बन्नु र अयोजनालाई संचालन गर्न अर्को पक्षले उपभोत्ता समित निर्माण गरि काम गर्ने इच्छा देखाएपछि खानेपानीको निर्माणधिन काम अवरुद्ध भएको हो । दुई पक्षको स्थानियबासीहरु बिरोधको खिचा तानिने गर्दा बषौ देखी सुस्ताबासीहरुले चापकालको पानी खादै आएको सुस्तामा खानेपानीको आयोजना आगाडि बढ्न नसक्दा सुस्ताबासी चिन्तती भएका छन् ।

उनीहरुले बषौदेखि चापकलको पानी खादै आएका सुस्ता गाउँपालिकाको वडान५को नारायणी पारिका सुस्ता वासिले समयमै खानी पानि आयोजना सम्मपन्न होला र शुद्ध पिउने पानि पिउन पाइएला भन्ने आशा अहिले विभिन्न विवाद सिर्जना भएपछि अन्योलता छाएको सुस्ता खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष मुन्सी हरिजनले बताए । ।

उनको अनुसार खानेपानी आयोजनाको काममा अवरुद्ध गर्ने सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुड,आदम खाँ रबिन्द्र जयसवाल र बृजेश शाहलगायतको व्यक्तिहरुले नै अवरुद्ध गरेको आरोप लगाए । उनले भन्छन सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुड र सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवाल नै सुस्ताको बिकास निमार्णमा अवरुद्ध गरेको बताए ।

अहिले सम्म आइपुग्दा दुई ओटा टुयुबेल मात्र जडान भएको र वाल वाउन्ड्रि, माटो पुर्ने र गेटको काम गर्दा गर्दै अवरोध भएको कामका जिम्मा पाएको सुस्ता खानेपानी तथा सरसफाई संस्थाले जनाएको छ । सुस्ता जस्तो ठाँउमा विकासका कुनै पनि काममा विवाद नगरी सुस्ता वासिको स्वच्छ पिउने पानीको आवश्यकतालाई पुरा गर्न सवैले सहयोग गर्नुपर्ने सुस्ता खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष मुन्सी हरिजनले बताए ।
सुस्ताका ५का स्थानियबासी कमल हरिजनले सुस्ता अभियानकै रक्षानै बिकास निमार्ण अवरुद्धगर्दा अचम्म लागेको भन्दै उनीहरु रक्षक नभएर सुस्ताको बिकास निमार्णको बिरोधी भएको बताए ।

आर्सेनिकयुक्त खाने पानि पिउन वाध्य सुस्ता वासि समयमा खानेपानी आयोजना निमार्ण सम्पन्न भएपछि सुस्ताका २६५ घरधुरीका सुस्ताबासीहरु शुद्ध खानेपानी पिउन पाउने सुस्ता ५ का स्थानियबासी लालुजी यादवले जानकारी दिए । आर्सेनिकयुक्त खाने पानि पिउन वाध्य सुस्ता वासिले रोकिएको कामलाई कसरी कहाँबाट हुन्छ छिटो भन्दा छिटो सुचारु गरि आयोजना सम्पन्न गर्नुपर्ने सुस्ताका स्थानियबासी कमल हरिजनको भनाई छ । सुस्ता गाँउपालिकाले विवादलाई समाधान गरि आयोजनाको कामलाई तदरुकताका साथ अगाडि बढाउने जनाएको छ ।

गत बर्ष डिप बोरिङको काम सम्पन्न भैसकेको र अहिले वाल वाउन्ड्रिको काम गर्न खानेपानि संस्थालाई जिम्मेवारी दिएको साथै बोरिङ गाडिएको ठाँउमा टेङ्की निर्माणको लागी टेन्डर भैसकेको सुस्ता गाउँपालिकाको अध्यक्ष रामप्रसाद पाण्डे जानकारी दिए । भारतिय अतिक्रमणको चपेटामा पर्दै आएको नारायणी पारिको अति संवेदनसिल ठाँउ सुस्ताको गाँउमा विकासमा विवाद होइन एकताको खाँचो रहेको छ । खानेपानी लगाएत सवै विकासका पुर्वधारको निर्माणमा सुस्तावासिहरु साथ मा साथ र हातमा हात मिलाएर अगाडि वढ्नुको विकल्प छैन् ।

Leave A Reply

Your email address will not be published.