Jilla Ban Notis

संसारकोट हरियाली सामुदायिक वन,पञ्चनगरद्धारा आइसोलेसनमा २० हजार सहयोग

0 56

फुलकुमारी ढकाल
बर्दघाट,जेष्ठ–२८
संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुह,पञ्चनगरले चिसापानीको आइसोलेसनका लागि आज २० हजार रुपैयाको चेक हस्तान्तरण गरेको छ । बर्दघाट नगरपालिकाले संचालन गरेको चिसापानीको आइसोलेसन सेन्टरमा उपचार गरीरहेका कोरोना संक्रमितहरुको उपचारका लागि संसारकोट सामुदायिक वन उपभोक्ता समुहले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

समुहका अध्यक्ष कमल पराजुलीले आइसोलेसनका लागि आवश्यक अक्सिजन ब्यवस्थापनमा जुटेको बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो ।
अक्सिजन को अभावमा कसैले ज्यान गुमाउन नपारोस् भन्ने उद्देश्य का साथ संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समिति ले पञ्चनगर बजार विकास समिति मार्फत बर्दघाट नगरका संघ–संस्थाको नेतृत्व गरिरहनु भएका बर्दघाट उघोग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलाई बिस हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको पञ्चनगर बजार विकासका अध्यक्ष रामजि चापागाईले बताउनु भएको छ ।
हस्तान्तरणका क्रममा संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुह,पञ्चनगरका पदाधिकारीहरु,आईसोलेसनमा कार्यरत कर्मचारी,नगरका संघ–संस्थाका पदाधिकारी लगाएतको उपस्थिती हरको थियो ।

Leave A Reply

Your email address will not be published.