Jilla Ban Notis

ब्यवसायिक किसानहरुलाई कृषि टनेल हस्तान्तरण

0 20

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२६
बर्दघाट नगरपालिकाले नगरका ब्यवसायिक किसानहरुलाई कृषि टनेल हस्तान्तरण गरेको छ । बुधवार नगरको वडा नम्वर १,२ ,३ र १२ का ब्यवसायिक किसानहरुलाई ६ वाई १२ का २/ २ थान कृषि टनेल हस्तान्तरण गरीएको थियो ।
बर्दघाट नगरमा संचालीत मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत वितरण गरीएको कृषि टनेल कोभिड प्रभावित किसानहरुलाई लक्षीतगरी वितरण गरीएको थियो ।
वडा वडामा आयोजित बेमौसमी खेतीका लागि बेरोजगार तथा कोभिडि प्रभावितहरुको लागि कृषि टनेल तथा तालीम र सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले प्रत्येक बर्ष नगरका किसानहरु कुनै न कुनै कारणले समास्यामा पर्ने गरेका कारण आगामि वर्ष देखि नगरमा कृषि कोष स्थापनागरी समस्यामा परेका ब्यवसायिक किसानहरुको सहयोग गर्ने बताउनु भएको छ ।

त्यसैगरी उप–प्रमुख माया देवी पौडेलले पछिल्लो समय बर्दघाट नगरका किसानहरु परम्परागत कृषिवाट ब्यवसायिक कृषि तर्फ आकर्षित भएको बताउदै उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने लगाएतका कार्यमा सहयोग गर्न नगरपालिका तयार रहेको बताउनु भएको थियो ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत बर्दघाट नगरमा ४० थान कृषि टनेलहरु नगरका ब्यवसायिक किसानहरुलाई वितरण गरीएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम नवलपारसीका सहजकार्ता होमनाथ भण्डारीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.