Jilla Ban Notis

दुग्ध संकलन केन्द्रलाई खुवा बनाउने मेसिन हस्तान्त्रण

0 39

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२६
बर्दघाट नगरपालिकाले चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाको दुग्ध संकलन केन्द्रलाई खुवा बनाउने मेसिन हस्तान्त्रण गरेको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमवाट दुग्ध संकलन केन्द्रलाई अनुदानमा दुधको खुवा बनाउने मेसिन हस्तान्त्रण गरेको हो ।

मेसिन हस्तान्त्रण गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले अब नगरका किसानहरुले उत्पादन गरेको दुध त्यसै खेर नजाने बताउनु भएको थियो । उहांले कोभिड–१९ ले धेरै क्ष्ँेत्रमा समस्या पारीरहदा कतै अवसर पनि सृजना गर्ने गरेको बताउनु भएको थियो ।
कोभिड–१९ का कारण किसानको दुध बिक्रि नभएर क्रिम निकालेर दुध फाल्न बाध्य भएको समाचारहरु मिडियामा आएसंगै अहिले किसानहरुको समस्यालाई केहि समाधान गर्नका लागि यस प्रकारको खुवा बनाउने मेसिन संस्थाले प्राप्त गर्र्ने अवसर पाएको बताउनु भएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्वर १४ मा रहेको चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाको दुग्ध संकलन केन्द्रलाई खुवा बनाउने मेसिन हस्तान्त्रण कार्यक्रममा नगर उप–प्रमुख मायादेवि पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेधनाथ पाध्य,पशु विकासशाखा अधिकृत भरत लम्साल, कृषि शाखा अधिकृत युवराज लम्साल,चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण प्रसाद तिमिलसिना लगाएतको सहभागिता रहेको थियो ।


२ लाख २० हजार मुल्य पर्ने उक्त खुवा बनाउने मेसिनमा एक पटकमा ६० लिटर दुधलाई खुवा बनाउन सकिने क्षमता रहेको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता होमनाथ भण्डारीले बताउनु भएको छ ।
दुधमा आत्म निर्भर रहेको बर्दघाट नगरक्षेत्रमा अहिले चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था चौपत्ताको दुग्ध संकलन केन्द्रले मात्र दैनिक १० हजार लिटर दुध संकलन तथा विक्रि वितरण गर्ने गरेको संस्थाका अध्यक्ष पूर्ण प्रसाद तिमिलसिनाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.