Jilla Ban Notis

सुनवलका कृषकहरुलाई कृषि उपकरण बितरण

0 28

गौरीशंकर जयसवाल

परासी २३ जेठ
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा कृषकहरुलाई कृषि उपकारण बितरण गरिएको छ । सुनवल नगरपालिकाको वडानं २ मुखिया टोलका कृषकहरुलाई कृषि उपकरण बितरण गरिएको हो ।
प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ५० प्रतिशत अनुदानमा दिएको किसानलाई कृषि उपकारण कृषि ज्ञान केन्द्र मार्फत नमूना धान ब्लक संञ्चालक समीतीलाई दिएको उपकारण सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीले किसानहरुलाई कृषि उपकारण बितरण गरेका हुन ।

कृषि उपकारण बितरण गदै नगरप्रमुख थापाले बितरण गरिएको कृषि उपकारण घर ल्याएर थन्काउने काम नगर्नु होला भन्दै कृषिकार्यमा प्रयोग गर्न किसानहरुलाई आग्रह गरेका थिए ।

उनले कृषि पेशा व्यवासयिक रुपमा किसानहरुलाई गर्न उत्पादन भएको बस्तु बजारिकारणको व्यवस्था नगरपालीकाले मिलाउने बताए । नमूना धान ब्लक संञ्चालक समीतीकी अध्यक्ष धनमाया क्षेत्रीले किसानहरुलाई धान उत्पादनमा बृद्धि गर्न उदेश्यले उक्त कृषि उपकारण बितरण गरिएको जानकारी दिईन ।

उनको अनुसार किसानहरुलाई ५० प्रतिशत र प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ५० प्रतिशत अनुदानमा ३० लाख बराबराको कृषि उपकारण बितरण गरिएको बताईन ।

पम्पुसेट १९ थान,स्प्रेटंयाकी ३९ थान,मोटर ६ थान डिजिटज काटाँ ८ थान, हातेटक्टर ८ थान लगायतका कृषि उपकारण बितरण गरिएको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका सुचना अधिकृत मनिषा पौडेल कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत सन्तोष चौधरी,वडानं २ का वडाअध्यक्ष राजेन्द्र यादव,समीतीका सचीव भिमबहादुर थापा,समीतीकी सदस्य सरस्वती भटराई लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.