Jilla Ban Notis

जनता आवास कार्यक्रम प्रभावकारी बन्दै ः अधिकारी

जनता आवास कार्यक्रम अन्तर्गत निमार्ण गरीएका मुसहरहरुका घर औपचारीक रुपमा समुद्घाटन

0 40

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२३
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्वर १३ मा जनता आवास कार्यक्रम अन्तर्गत निमार्ण गरीएका मुसहरहरुका घर आज औपचारीक रुपमा समुद्घाटन गरीएको छ । लुम्बिनी प्रदेश सरकारको अनुदान रकमले निमार्ण गरीएका ७ वटा घरहरुको औपचारीक रुपमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले समुद्घाटन गर्नु भएको हो ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले लुम्बिनी प्रदेश सरकारले बनाई दिएको आवासहरु सानो भएपनि प्रभावकारी रहेको बताउनु भएको थियो । आर्थिकरूपले अति विपन्न घरपरिवारहरुका लागि जनता आवास कार्यक्रमलाई कार्यान्वयनमा ल्याएसंगै यसको प्रभावकारीता बढेर गएको अधिकारीले बताउनु भयो ।

त्यसैगरी सोहि कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले नगरले पनि नगरक्षेत्रका अतिविपन्न समुदायहरुलाई लक्षितगरी खरको छानो मुक्त अभियान र सुरक्षित आवास कार्यक्रम संचालनमा ल्याएको बताउनु भएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष्ँ नर बहादुर चौधरीको अध्यक्षता र स्थानिय समाजसेवी विक्रम पौडेलको संचालन रहेको कार्यक्रममा बोल्दै नगर उप–प्रमुख माया देवि पौडेल ले नगरका अन्य स्थानहरु भन्दा वडा नम्वर १३ अलि विकासका हिसावले पछि परेको बताउदै त्यसठा“उको विकासका लागि आफु लागि पर्ने बताउनु भयो उहांले नगरपालिकाको तर्फवाट हुन सक्ने सहयोग आफुले गर्ने बताउदै नगर प्रमुखलाई समेत आग्रह गर्नु भएको थियो ।

सोही अवसरमा बोल्दै जनता आवास कार्यक्रम अन्र्तगत घर पाएका बर्दघाट नगरपालिका वडा नम्वर १३ लक्ष्मी मुसहरले निक्कै खुशि ब्यक्त गरेका थिए । उनले आफ्नो बाउबाजेको पालादेखि माटोको खपडा र खरको छानोमा जनतेन गुजारा चलाएको बताउदै अहिले सरकारले बनाएको घरमा बस्न पाउदा खुशिको सिमा नरहेको बताएका थिए ।

यसवर्ष पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारको अनुदान रकममा विपन्न ६८ परिवारका लागि निःशुल्क आवास निमार्ण गर्ने कोटा परेकोमा ४ वटा निर्वाचन क्षेत्रलाई बाड्दा प्रत्येक निर्वाचन क्षेत्रलाई १७/१७ वटा परेको थियो । जस्मध्ये बर्दघाट नगरपालिकाको वडा नम्वर १३ मा ७ वटा,वडा नम्वर ४ मा ५ वटा र वडा नम्वर १४ मा ५ वटा जनता आवासका घरहरु निमार्ण भएका छन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा जनता आवास कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो ।

त्यसैगरी आज नै लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बर्दघाट नगरपालिका वडा नम्वर १३ लेवडामा निमार्ण गर्न लागिएको मुख्यमन्त्री ग्रामीण आवास कार्यक्रम अन्र्तगतका घरको शिलन्यास गर्नु भएको छ । मुख्यमन्त्री ग्रामीण आवास कार्यक्रममा नगरक्षेत्रका अतिविपन्न समुदायहरुलाई लक्षितगरी वडाको सिफारीसमा अति विपन्न घरपरिवारहरुका लागि आवास निमार्ण गरी दिने गरीन्छ ।

Leave A Reply

Your email address will not be published.