Jilla Ban Notis

पार्टी खोल्न लागेको हल्ला निराधार ः मन्त्री त्रिपाठी

0 28

गौरीशंकर जयसवाल

परासी २१ जेठ

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृयदेश त्रिपाठीले जसपाको महन्त ठाकुरसंग मीलेर पार्टी खोल्न लागेको हल्ला निराधार गलत प्रचार भएको बताएका छन ।मन्त्री त्रिपाठीले महन्थ ठाकुर पहिले आफनै पार्टीको अध्यक्ष भएको र आफुले उनलाई मान्ने भएका कारण पनि त्यस्तो गलत प्रचार भएको दाबी गरे ।

आज पश्चिम नवलपरासीमा पत्रकारहरुसंग कुराकानी गदै मन्त्री त्रिपाठीले आफुले केही नेताहरुलाई मात्र मान्ने र महन्थ ठाकुर पनि त्यसमा पर्ने मन्त्री त्रिपाठीले बताए । मन्त्री त्रिपाटीले अहीलेको अवस्था सहज भएपछि म आफैले नयाँ पार्टी खोल्ने बताए ।

उनले एक फरक प्रसगमा भने आफनो राजनितिक लाईनमा ठाकुरद्धरा आएको बताउर्दै केही दिनमा उहाँको टिम सहित सरकारमा सहभागी हुने दाबी गरे । पहिले नागरिकको जिवन बचाउन जरुरी भएको हुदा सरकार नागरिक जिवन बचाउने काममा लागेको बताए । केही देशले पहिले अर्थतन्त्र बचाउने भनेर लाग्दा अर्थतन्त्र र जिवन दुबै गुमेको प्रसंग उठाउदै मन्त्री त्रिपाठीले नेपाल सरकार पहिले नागरिकको जिवन बचाउन लगेको मन्त्री त्रिपाठीको भनाई छ ।

उनले भने कोभिड–१९ अर्को लहरले बालवालिकाहरुमा बढी प्रभाव पार्ने भएको हुदा त्यसको पुर्ब तयारीमा स्वास्थ्य मन्त्रालय र सरकार जुटेको बताए ।

महामारीको उपचार रोकथाम भएको हुदा सरकार त्यसै काममा जुटेको र बिश्वका ५ दर्जन देशले अझै कोभिड–१९ को खोप पाउन नसकीरहेको अवस्थामा नेपालले खोप प्राप्त गर्न थालेको बताए । पत्रकार भेटघाटमा स्वातन्त्र राजनतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डे,लुम्बिनी प्रदेशका प्रदेश सासद अजय शाही जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.