sunwal

पृथ्वीचन्द्र अस्पतालका लागि अर्थ मन्त्रालयले दियो थप तीन करोड रुपैयाँ

107

बर्दघाट,जेष्ठ–१३
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा आईसीयू भेन्टिलेटर ब्यवस्थापन गर्नका लागि अर्थमन्त्रालय मार्फत तीन करोड रुपैयाँको सहमति दिइएको छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरीरहदा पृथ्वीचन्द्र अस्पतालका लागि तीन करोड रुपैयाँ परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गरेको हो ।