Sarawal notish

सुनवलका युवाहरु वित्पन्न घरपरिवारको चुला वालौं अभियानमा

238

रमेश भुसाल

सुनवल,जेठ ११
पश्चिम नवलपरासी जिल्लाको सुनवलका युवाहरुले अति विपन्न घरपरिवारलाई मध्यनजर गर्दै चुलो बालौं अभियान संचालन गरेका छन् । कोरोनाको महामारी सुरु भएदेखि नै विपत्तिमा युवाहरुको सक्रियता हुनु पर्छ भन्ने उद्देश्य सहित वि. सि डब्लु युथ नेपाल क्लव मार्फत अति विपन्न घरपरिवारहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

कोरोना भइरसको दास्रो भेरियन्ट संगै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण काम गरेर विहान साझ छाक टार्ने नसक्ने घरपरिवारलाई चुला वालौं अभियान संचालन गरी घरघरमै पुगी सहयोग गरेको क्लवका सचिव साथै चुलो बालौं अभियानका संयोजक रोशन श्रेष्ठले बताउनुभयो । दोस्रा चरणको कोराना महामारीको सुरुमा कोभिडका विरामीहरुको उपचारमा अक्सिजनको अभाव नहोस भनेर मेरो एक हजार अक्सिजनको लागी भन्ने अभियान संचालन गरेको र त्यस लगत्तै अति विपन्न गरिव, मजदुरहरु भोकै दिनरात कटाउन नपरोस भनेर चुलो बालौं अभिया संचालन गरेको श्रेष्ठले बताउनुभयो ।

गत बर्ष कोरोना महामारीको सुरुदेखि नै सक्रिय भैइ लागेका वि.सि, डब्लु युथ नेपालमा आबद्ध युवाहरु हुनेले दिनुस नहुनेले लिएर जानुस भन्ने नारा सहित फुड वैंक संचालन गरेका थिए । जसबाट नवलरासी, पुर्वि नवलपरासी र रुपन्देहिका केहि विपन्न घरपरिवार, वृद्धआश्रममा वस्ने वुवा आमा साथै पैसाको अभावमा उपचार हुन नसकेका विरामीहरु समेत लाभान्वित हुन पुगेका थिए ।