Jilla Ban Notis

निच सोंच राख्ने टेस्टेडहरु सङ्ग अब सहकार्य जरुरी छैन ः देबेन्द्र पोख्रेल (सुजित)

0 64

सांसद विघटन गरेर प्रजातन्त्र लाइ किस्ती मा राखेर राजा लाई प्रजातन्त्र बुझाउने शेर बहादुर अहिले गणतन्त्र को रक्षक अरे त्यही राजा लाई मोहर चढाएर प्रधानमन्त्री को बिन्ति पत्र हाल्ने माकुने अहिले गणतन्त्र को मसिहा अरे,शेर बहादुर ले किस्ती मा बुझाएको प्रजातन्त्र र संसद लाई पुनस्थापना गर्न भुमिका खेल्ने केपि ओलि राजाबादी अरे , जुन पार्टी को बिधान मा संबैधानिक राजतन्त्र थियो अझै पनि महामन्त्री शशान्क कोइराला हिन्दु राज्य को पक्ष मा वकालत गर्नु हुन्छ फेरि पनि यिनै गणतन्त्र बादी अरे
जस्ले ४० बुदे तत्कालीन प्रधानमन्त्री शेर बहादुर लाई बुझाएर भारतिय बिस्तार वाद विरुद्ध सुरुङ्ग युद्ध गर्छु भन्यो। तिनै लाई जुन प्रधानमन्त्री ले टाउको मूल्य तोक्यो आज तिनिहरु नै एउटै मोर्चा मा अरे अचम्म लाग्छ । केपि ओलि र प्रचण्डले बाम एकता को लागि मिले यहाँ सिधान्त ले मिलायो । तर प्रचण्ड शेर बहादुर को सिधाान्त र बिचार कसरी मिल्छ? के यो सब नेपाल र नेपाली जनता लाई दिएको धोखा र नाटक होइन?

के धर्म निरपेक्ष र संघीयता नेपाली जनता लाई सोधेर ल्याएको हो? बार्‍ह बुदे समझदारी को अन्तर्य केहो ?  तत्कालीन भारत सरकार कांग्रेस आइ ले दिएको जिम्मेवारी अनुसार ” र” को एजेन्डा संघीयता थियो किन भने नेपाल लाई जति धेरै टुक्रा पार्यो निल्न त्यति नै सजिलो हुने भएर होइन? अर्को धर्म निरपेक्ष युरोपियन युनियन को लागि नेपाल मा धर्म को माध्यम बाट अस्थिरता पैदा गरि राख्ने एक मात्र हिन्दु राज्य लाई निमिट्यान्न पारेर अन्तरास्ट्रिय कृडा स्थल बनाउने यो दुई शक्ति बिच को छलफल र निचोड लाई नेपाली जनता माथी लादिएको हो ।

नेपाल र नेपाली को स्वाभिमान कुनै दिन सोच्यौ ? नाकाबन्दी लाई नाकाबन्दी भन्न सक्यौ? भुकम्प आउदा सरकार मा को थियो ? ब्यबस्थापन कस्तो थियो। बिदेसी ले सहयोग गरेको त्रिपाल टिन कस्को घर मा भेटियो? राहत मा दिएको कुहिएको चामल जनता ले फ्याकेको भुल्यौ ?
केपि ओलि को नेतृत्व मा सरकार ले नाकाबन्दी विरुद्ध आफ्नो चट्टानि अडान कायम राख्यो। भुकम्प बाट ढलेको संरचना लाई उठायो। देश मा आसा जगायो, जनता को मुहार मा खुसी ल्याउन हरेक प्रयास हरु गरिरह्यो फेरि तिनै जाली हरु मिलेर प्रचण्डको षडयन्त्रले शेर बहादुर सङ्ग मिलेर सरकार ढाल्यो फेरि देश लाई अस्थिरता तिर धकेलियो। प्रधानन्यायाधीस माथी अबिस्वास को प्रस्ताव लगाउने, अनि एक जना प्रहरी ( नवराज सिलवाल )विधि सम्वत आई जि पि बनाउनु पर्ने ठाँउमा  विधि मिचेर प्रहरि को आइजिपी बनाउनु थियो ।  मत पत्र च्यात्ने जनता को मत बिपरित मेयर बनाउने यी यस्ता दर्जनौ घटनाहरु नेपाली जनता को मानसपटल मा ताजै छ।

आगामी चुनाव को मत परिणाम मार्फत तथ्यहिन निराधार आरोप खारेज गर्छन नेपाली जनता ले यो चाल पाएर जनभावना बुझेर जनता बाट तिरस्कृत हरु को झुंड चुनाव मा जान डराइरहेका छन सत्य यहि हो।

नेपाली जनता को चाहना अनुसार केपि ओलिलाई भरोसा गरेर धन्नै धन्नै बहुमत दिए। जनताले बहुमत दिएकै हुन तर यो समानुपातिक जालोको कारण पुर्ण बहुमत पुगेन फेरि पनि सबै लाई मिलाएर सुखी नेपालि समृद्ध नेपाल को अभियान अघि बड्दै थियो। लामो समय देखि निल्ने प्रयास मा रहेको लिपुलेक लिम्पियाधुरा लाई आफ्नो भुगोल मा समेटिने कुरा देखि लिएर बिकाश निर्माण को कुरा कानुन को कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र भुमिका मा नेपाल अब्बल देखिन थाले पछि यिनै तत्व हरु लाई कहाँ निन्द्रा लाग्थ्यो र? बिखण्डन को नारा लगाउने सिके राउत लाई राष्ट्रिय राजनीति को मुलधार मा ल्याउने, द्वन्द मार्फत मात्र सरकार लाई झुकाउन सकिन्छ भन्ने बिप्लव नेतृत्व को माओबादी लाई बार्ता छलफल को माध्यम बाट आफ्नो बिचार र नीति लाई शान्ति पुर्बक जनता मा लगेर आफ्नो एजेन्डा स्थापित गर्न सकिन्छ भन्ने बिश्वास दिलाउन सफल सम्माननिय प्रधानमन्त्री ज्यु दुष्प्रचार गरिए जस्तै क्रूर हुनुहुन्छ होला र ? के हामि यस्तो कल्पना गर्न सक्छौ?

फेरि भए नभएको कुरा गर्ने ,आफ्नो मिसन सङ्ग सहकार्य गर्ने पत्रकार हरु सङ्ग मिलेर भ्रम अफवाह बिरोध फैलाएर यस्तो असहयोग अराजकता अनैतिक गठबन्धन गरेर लागि परेका छ्न। बिचरा सिधा सोझो जनता लाई के थाहा यिनि हरु को पर्दा पछाडी को चरीत्र? लोकतान्त्रिक विधि मा चुनाव गर्नु लाई प्रतिगमन भनिन्छ? बहुदलीय विधि मा बिपरित दल को सांसद ले दिएको सहमती लाइ के भनिन्छ? शेर बहादुर/ प्रचण्ड/ माकुने को गठबन्धन नै संविधान र लोकतन्त्र बिपरित छ। यो अपबित्र गठबंधन ले देश लाई फेरि अस्थिरता तर्फ धकेल्न खोज्दैछ यस्तो गलत गतिबिधि लाई रोक्ने राजनेता केपि ओलि कसरी प्रतिगमन को नाइके हुन सक्छ्न यी सब आरोप हरु गलत छ निराधार छ। तथ्य देखि टाढा छ। संविधान को पालना गर्दा असम्बैधानिक कसरी हुन्छ?

गणतन्त्र को प्रतिक राष्ट्रपतिलाई अपमान र दुर्व्यवहार गरेर कसरी गणतन्त्र को हिमायती हुन्छौ? राष्ट्रपति लाई अपमान गर्ने हरु ले गणतन्त्र को रक्षा गर्दैनन। तिमिहरु को ब्यक्तिगत स्वार्थ र खुसी को लागि तिम्रा नाजायज माग पूरा गर्न श्रद्धय पार्टी अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री ज्यु ले ल प्रधानमन्त्री लाउ भनेर किस्ती मा राखेर कदापी दिनु हुदैन किन भने नेपाली जनता ले दिएको अधिकार जनता लाई सुम्पिएर केपि ओलि ले आफू जनता प्रती इमान्दारिता देखाउनु भएको छ। जुन कुरा नेपाली जनता ले उच्च मुल्यांकन गर्नेछन।
फेरि पनि नेपाली जनता ले केपि ओलि को नेतृत्व मा जनता ले पुर्ण बहुमत दिएर अधुरा काम पूरा गरेर सुखी नेपाली समृद्ध नेपाल को अभियान पूरा गर्नु हुनेछ ।

– देबेन्द्र पोख्रेल सुजित नवलपरासी

Leave A Reply

Your email address will not be published.