Sarawal sit lahar Notis

१ मिनी ट्रक सहित १० लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद

0 16

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१०

नवलपरासी (पश्चिम) प्रहरीले अवैध कारोवारमा संलग्न १ मिनी ट्रक सहित १० लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप)का सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले दिएको जानकारी अनुसार टाटा कम्पनीको वनटेष्ट मिनी ट्रकमा केहि हुनसक्ने शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा २४ बोरा अर्थात १२ क्विन्टल चिनी भन्सार छली अबैध रुपमा लुकाई छिपाई राखी लैजादै गरेको भेटीएको थियो ।

परासीको बुद्धचोकमा गरीएको चेकचाँचमा बरामद गरेको उक्त १ मिनी ट्रक सहित १० लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान प्रहरीले तत्काल नियन्त्रणमा लिएर कानुनि कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।

बरामद चिनीको अन्दाजी मुल्य ७२ हजार बराबर र गाडीको अन्दाजी मुल्य १० लाख बराबर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार परासीबाट सुनवल तर्फ जादै गरेको अवस्थामा उक्त मिनी ट्रक र अवैध मालसामान बरामद गर्न सफल भएको हो ।

Leave A Reply

Your email address will not be published.