Jilla Ban Notis

दाजु–भाईको जग्गा विवादमा १ सय १५ बोट केरा काटेर नष्ट

0 42

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–४
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ ,रतनगंजका किसान सेराज मोमिनले लगाएको १ सय १५ बोट केरा काटेर नष्ट भएको छ । सेराज मोमिनले जोतभोग गर्दै आएपनि जग्गा नापजांचका क्रममा आफ्नोमा परेको भन्दै उक्त केराका बोटहरु बिस्मिल्लाह मियाले छपाछप काटेर नष्ट गरेका छन् ।

रतनगंज निवनसी सेराज मोमिनले ४ कठ्ठामा लगाएको केरा मध्ये डेढ कठ्ठा खेतको १ सय १५ बोट केरा बिस्मिल्लाह मियाले छपाछप काटेर नष्ट गरीएको नवलपरासी केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताउनु भएको छ ।
केराका वोट लगाउने र काट्ने सेराज र बिस्मिल्लाह दाजुभाई रहेका छन् । केरा काटिएको क्षेत्रफलको विषयमा ति दुबै जनामा लामो समयदेखि विवाद समेत चल्दै आएको अध्यक्ष लख्खु यादवले बताउनु भएको छ । उहांले आपसी कलहलाई समाधान गर्नका लागि आपसी छलफल तथा कानुनिबाटो रहदा रहदै पनि केराबाली नष्ट गर्नु खुदख भएको भन्दै त्यस प्रति केरा उत्पादक संघ नवलरासीको गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
नष्ट गरीएको केराबालीमा करिब १ लाख रुपैयाको क्षति भएको र उक्त क्षतिपुर्तिका लागि पिडित सेराजले प्रहरी चौकी रामनगरमा निवेदन समेत दिएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.