Jilla Ban Notis

नेकपा एमालेका जिल्ला अध्यक्षहरुद्धारा नेताहरुलाई एकजुट हुन अनुरोध

0 41

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२४
लुम्बिनी प्रदेश र गण्डकी प्रदेश अन्तर्गतका २३ वटा जिल्ला संयोजकहरुको नेकपा एमाले पार्टी नेताहरुलाई एकजुट हुन अनुरोध गरेका छन् । उनीहरुले नेपाल कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्य मान्यता र जनताप्रतिको जवाहदेहितालाई आत्मसाथ गर्दै एकजुट हुन नेकपा एमाले पार्टी नेताहरुलाई अनुरोध गरेका छन्।

आज लुम्बिनी प्रदेश र गण्डकी प्रदेका सबै जिल्लाका पार्टी जिल्ला संयोजकहरुले संयुक्त रुपमा हस्ताक्षर गरी पार्टी नेताहरुलाई एकजुट हुन अनुरोध गरेका छन् । दुई प्रदेशका सबै जिल्लाअध्यक्षहरुले नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गरेका छन ।

अहिले विषम अवस्थामा एकजुट हुन नसके पछि इतिहासले समेत नेकपा एमाले पार्टी नेताहरुलाई क्षमा दिन सक्ने खाल्को अवस्था आउने छैन भन्दै उनीहरुले दवाद सृजना गर्दै एकजुट हुन अनुरोध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.