Jilla Ban Notis

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्धारा पदबाट राजिनामा

0 116

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिनुभएको छ् । मुख्यमन्त्री विरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव उपर प्रदेश सभाको विशेष अधिवेसन आज नै शुरुहुने कार्यसूची तय भएको थियो ।

पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुने कार्यसुचि रहेको थियो ।  एक विज्ञप्ती जारी गरी संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ। दाङ २ क बाट चुनाव जित्नु भएका पोखरेल २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री बन्नु भएको हो। उहाँ २०७४ फागुन ३ गते मुख्यमन्त्री बन्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.