Bardaghat Na pa

गण्डकी प्रदेशसभामा दुई सांसद हराउँदा विपक्षीमा हल्लीखल्ली

56

बैशाख–१५
मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि भएको बैठकमा दुईजना सांसदहरु अनुपस्थित भएपछि विपक्षी दलमा हल्लीखल्ली मच्चियो । विपक्षीतर्फका दुई सांसदहरु अनुपस्थित देखेपछि सत्तापक्षमा भने सरकार जोगिने भयो भन्दै खुसीयाली देखियो ।

प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित थिए । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे ९राजीव गुरुङ० पनि बैठकमा देखा परेनन् । शाहीले बिरामी भएको जनाउ दिएको र मोबाइल समेत अफ गरेको स्रोतले बतायो ।

बैठकमा जनमोर्चाका सांसद शाही नआएपछि कांग्रेस नेताहरुले राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा फोन गरेर चासो राखेको बुझिएको छ ।

गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् । यीमध्ये कांग्रेसका १५ माओवादीका ११ र जसपाका २ समेत गरी २८ जनाले दर्ता गरेको अविश्वासको प्रस्ताव माथि केहीबेरमा मतदान हुँदैछ ।

अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । तीन सांसद रहेको जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर, तीनमध्ये खिमविक्रम शाहीले मतदान गरेनन् भने अविश्वासको प्रस्तावको पक्षमा ३० मत मात्रै पर्छ ।

अविश्वासको प्रस्तावको पक्षमा ३० मतमात्रै परेको अवस्थामा पक्ष विपक्षमा बराबरी हुन जान्छ र त्यस्तो अवस्थामा सभामुखले नेत्रनाथ अधिकारीले निर्णायक मत दिन पाउँछन्, जो माओवादीकै सांसद हुन् ।

यसैबीच जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले भने अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टीको निर्णय रहेको बताए । गण्डकीमा आफ्ना सांसदले ह्विप उल्लंघन नगर्ने उनले दाबीसमेत गरे । @ रातोपार्टी अनलाईन