sunwal

जनउदय सामुदायिक वन उपभोक्ता समुह सुनवल टोल भेलामा ब्यस्त

151

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१३
सुनवल नगरपालिका वडा नम्वर–३ मा रहेको जनउदय सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुसंगको टोलभेला तथा अन्तरक्रियालाई तिव्रता दिएको छ ।
सोही क्रममा आईतवार नदुवा टोलका उपभोक्ता अर्थात कृषक पशुपालकहरुसंग पशुपालनका लागि चरीचरन क्षेत्र संरक्षण तथा घांसका वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ ।


समुहका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा सुनवल वडा नम्वर ३ का वडाध्यक्ष एवं समुहका पूर्व अध्यक्ष कर्ण बहादुर सेनको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।
सशक्तिकरण महिला समितिको पुर्नगठन टोल भेलामा नदुवा टोल विकास समितिका अध्यक्ष गिर बहादुर बुढा थोकी लगाएतको उपस्थिती रहेको थियो ।