Jilla Ban Notis

बर्दघाटमा अस्थाई ट्राफिक पोष्ट भवन समुद्घाटन ।

0 17

कृष्ण ढकाल
बर्दघाट,बैशाख –१
प्रहरी ईकाईमा आउने कुनै पनि नागरीकहरु दुःख लिएर आउने भएकाले तिनिहरुको भावनालाई बुझेर कानुन सम्वत ढंगले सेवा प्रभाह गर्न लुुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक डम्वर बहादुर बि.क.ले प्रहरीहरुलाई आग्रह गर्नु भएको छ ।

नवलपरासीको बर्दघाटमा निमार्ण गरीएको अस्थाई ट्राफिक पोष्ट भवनको आज समुद्घाटन गर्दै प्रहरी उपरिक्षक बि.क.ले उक्त आग्रह गर्नु भएको हो।
नवलपरासीका स्थानि निकाय,संघ–संस्था तथा स्थानिय समाज सेवीहरुको सहयोगमा निमार्ण गरीएको ३ कोठे नव निर्मीत भवनको समुदघाटन गर्दै प्रहरी उपरिक्षक बि.क.ले सबैको सहयोगमा भवन निमार्णको कार्य सम्भव रहेको बताउदै नागरीकहरुले बनाईदिएको भवन नागरीकहरु कै सेवामा खटिने प्रहरीहरुका लागि रहेको धारणा ब्यक्त गर्नु भएको थियो ।

ईलाका प्रहरी कार्यालय बर्दघाटको परिसरमा निमार्ण गरीएको अस्थाई ट्राफिक पोष्ट भवन ११ लाख ४५ हजार ९ सय ६० रुपैया बराबरको लागतमा निमार्ण सम्पन्न् भएको छ ।

भवन निमार्ण समितिका संयोजक समाज सेवी राम बहादुर भण्डारीको अध्यक्षतामा भएको भवन समुद्घाटन कार्यक्रममा लुुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक डम्वर बहादुर बि.क. प्रमुख अतिथिका रुपमा रहनु भएको थियो भने कार्यक्रमको संचालन अस्थाई ट्राफिक पोष्ट बर्दघाटका ईन्चार्ज डक्बर गिरीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.