Jilla Ban Notis

बर्दघाटमा प्रर्थम उपमेयर कप महिला फुटबल प्रतियोगिता शुरु

0 51

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१०
नवलपरासीको बर्दघाटमा प्रर्थम उपमेयर कप महिला फुटबल प्रतियोगिता शुरु भएको छ । बर्दघाट नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा भएको महिला फुटबल प्रतियोगितामा ८ टिमले प्रतिस्पद्र्या गर्ने भएका छन् ।
प्रतियोगितामा नवलपरासी ,कास्की,रुपन्देही लगाएतका जिल्लाका महिला खेलाडीहरुले प्रतिस्पद्र्या गर्ने छन् । प्रतियोगितामा विजयी हुने टिमले १ लाख ५ हजार ५ सय नगद,मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप–विजेता टिमले ६५ हजार नगर,मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ ।
पांच बर्ष अघि बर्दघाटको बाढीपिडितमा महिला फुट्बल प्रतियोगिता भएको भएपनि त्यसपछि अहिले सम्म नवलपरासीमा नै महिला फूटवल प्रतियोगिता हुन सकेको थिएन ।
खेलक्ष्ँेत्रमा महिलाहरु पछि परेका कारण महिला खेलाडीहरुको आत्मबल घट्दै गएको महसुस गरेर महिलाहरुलाई खेल प्रति आकर्षीत गर्न उपमेयर कप महिला फुटबल प्रतियोगिताको शुरुवाद गरेको बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख माया देवि पौडेलले बताउनु भएको छ ।

बर्दघाटमा शुरु भएको प्रर्थम उपमेयर कप महिला फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक नवलपरासी ११ विजयि भएको छ । आयोजक टिमले माउन्टेन्स गर्लर्स एफ.सि गैडाकोटलाई ३–० गोलको अन्तरले विजयी भएको छ ।

प्रर्थम उपमेयर कप महिला फुटबल प्रतियोगिताको आज एक कार्यक्रमका विच नगर प्रमुख धिरज शर्मा बस्यालले समुद्घाटन गर्नु भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षता बर्दघाट नगरपालिकाका शिक्षाशाखा प्रमुख ईन्द्र बहादुर कुवंरको स्वागत र नगर खेलकुद विकास समितिका सदस्य दिपक पोखरेलको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा नगर उपप्रमुख माया देवि पौडेल सहित विभिन्न संघ संस्थाका पदाधिकाारीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.