sunwal

विकास भनेको निरन्तर भईरहने प्रकृया हो ः नगर प्रमुख बस्याल

40

रामु भुषाल
बर्दघाट,चैत्र–६
विकास भनेको निरन्तर भईरहने प्रकृया भएको बर्दघाट नगर पालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनुभएको छ । उहांले विकास पर्खने की ? गर्ने भन्नेमा भरपर्ने बताउनु भएको छ । शुक्रबार बर्दघाट ४ बाढिपिडितको उपहार नगरमा पक्की बाटोको उद्घाटन गर्दै नगर प्रमुख बस्यालले सो कुरा बताउनुभएको हो ।
स्थानिय सरकार गठन भईसकेपछी विकासले फड्को मारेको बताउदै बस्यालले बर्दघाट नगरपालिकामा पनि सडक लगाएत भौतीक पुर्वाधार निर्माणका कार्यहरु निरन्तर चलिरहेको बताउनु भयो । उहांले स्थानिय उपभोक्ता समेतको सहभागिताका कारण विकासले तीव्र रुप लिने बताउनुभयो ।

सो अवसरमा विशेष अतिथिको रुपमा बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, बाटो अनुगमन समितिका सदस्य कृष्ण प्रसाद ढुंगाना, धौलागिरि टोल विकास सस्थाका अध्यक्ष डिलाराम चालिसे, उपहानगर टोल विकास सस्थाका अध्यक्ष श्रृजना आचार्य लगाएतले मन्तब्य राख्नुभएको थियो ।
बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष केयरसिँह गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिक सचिव जनक रावले आर्थिक बर्ष २०७७.२०७८ को बार्षिक बजेट अन्र्तगत ४ सय ७० मिटर कालोपत्रे सडक निर्माण कार्य सम्पन्न र सो का लागी बर्दघाट नगरपालिकाबाट २० लख ७८ हजार ७ सय १३ र जनसहभागिताबाट ८ लाख ९० हजार ८ सय ७७ रुपिया गरि कुल २९ लाख ६९ हजार ५ सय ९० रुपिया लागतमा सम्पन्न भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।