Sarawal sit lahar Notis

पार्वती पान्डेयको सातौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न् ।

0 87

कृष्ण ढकाल
बर्दघाट,फागुन–२५

नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका कोषाध्यक्ष रविलाल पाण्डेयकी आमा पार्वती पाण्डेयको सातौं दिनको पुण्यतिथीमा आज नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले श्रद्धाञ्जली सभा सम्पन्न् गरेको छ ।
शाखा अध्यक्ष हरिशर्माको अध्यक्षता र सचिव राजकुमार रेश्मीको संचालनमा भएको श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका सल्लाहकारहरु तथा पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
सोअवसरमा बोल्दै अध्यक्ष शर्माले शाखाका कोषाध्यक्ष पत्रकार रविलाल पाण्डेयको परिवारमा भएको दुखद घडीमा सिंगो पत्रकार महासंघ परिवार दुखि रहेको बताउदै पाण्डेपरिवारलाई दुखको यो अवस्थामा शोकलाई शक्तिमा बद्ल्ने शक्तिप्रदानहोस भन्दै आफ्ना भनाईहरु राख्नु भएको थियो ।

श्रद्धाञ्जली सभामा पाण्डेय परिवारको तर्फवाट पत्रकार रविपाण्डेयले दुखको घडीमा उपस्थिती भएर सहानुभुति प्रदान गरेको प्रति आभार प्रकट गर्नु भएको थियो ।

नेकपा  क्रान्तिकारी माओवादी र क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीको सयुक्त आयोजनामा श्रद्धाञ्जली सभा

नेकपा क्रान्तिकारी माओवादी र क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीको सयुक्त आयोजनामा आज  श्रध्दान्जली सभा सम्पन्न् भएको छ । क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सयोजक रवि पान्डेय कि ममतामयी आमा क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति सदस्य पार्वती पान्डेयको स्मृतिमा पान्डेय निवास बर्दघाट ४ दिब्यनगरमा सयुक्त श्रद्धाञ्जली कार्यक्रम सम्पन्न् भएको हो ।

कार्यक्रममा क्रान्तिकारी माओवादी पोलिट्ब्युरो सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदि ,केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज पिताम्बर आचार्य , अशोक लम्साल,क्रान्तिकारी पत्रकार महासङघका केन्द्रीय पदाधिकारी एवं प्रचण्ड–नेपाल समुहका जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेकपा क्रान्तिकारी माओवादी विप्लप समुहका नेता डा. शिव शंकर बस्याल, लगाएत विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छबिलाल खरेल को अध्यक्षतामा भएको थियो ।
स्व। पान्डेयको परिवार माओवादी आन्दोलनमा सहभागी परिवार हो । स्व। पान्डेय २०५६ साल देखि पार्टी सदस्य रहि इलाका कमिटीमा आबद्द रहेको र उहाँ अनेमसघ क्रान्तिकारीको बिभिन्न कमिटीमा सङ्गठित भइ जनयुद्धलाई सरिक भएको बताईएको छ ।

स्व.पान्डेय कि जेठी बुहारी लक्षमी क्रान्तिकारी पत्रकार महासङघको जिल्ला कोषाध्यक्ष र कान्छा छोरा रमेश अखिल क्रान्तिकारीको जिल्ला संयोजक हुनुहुन्छ । स्व। पान्डेयका २ छोरा २ बुहारी ४ छोरी १२ नाति नातिना छन ।
निडर स्वभाब कि पार्वती सामाजिक कार्यमा समेत सहभागी हुनुहुन्थ्यो । उहाँ चिसापानी सामुदायिक बन उपभोक्ता समुहको सस्थापक सदस्य समेत हुनुहुन्छ । ६३ बर्सिय पान्डेयको यहि फागुन १९ गते रक्तचाप तथा निमोनियाको कारण उपचारको क्रममा निधन भएको थियो । उहाँ एक सफल बाख्रापालक किसानको रुपमा समेत परिचित हुनुहुन्थ्यो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा पनि श्रद्धाञ्जली सभा सम्पन्न् ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरक्षा समितिका सदस्य रविलाल पाण्डेयकी आमा पार्वती पाण्डेयको सातौं दिनको पुण्यतिथीमा आज श्रद्धाञ्जली सभा सम्पन्न् गरेको छ ।
संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षतामा पाण्डेय निवासमा पुगेर श्रद्धाञ्जली सभा सम्पन्न् गरेको हो । श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष बस्यालले पाण्डेय परिवारले समाजमा पुर्याएको योग्दानको स्मरण गर्दै आमा पार्वती पाण्डेयको निधनले आफुहरु स्तब्ध भएको बताउनु भएको थियो । उहांले आमाको निधन भएपनि अब आमाले देखाएको बाटोमा अघिबढ्न पाण्डे परिवारलाई आग्रह गर्दे आफु र आफ्नो संस्थाले त्यसमा गर्न मिल्ने र सक्ने सहयोग गर्ने प्रतिवघता जाहेर गर्नु भएको थियो । सो श्रद्धाञ्जली सभामा संथाका कार्यसमिति, लगाएत कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.