Jilla Ban Notis

दिब्यनगर टोल विकास संस्थाद्धारा दिब्यज्योती बहुमुखि क्याम्पसलाई ज्ञापन पत्र

0 48

कृष्ण ढकाल
बर्दघाट,फागुन–१७

बर्दघाट नगरपालिका वडा नम्बर–४ को दिब्यनगरमा रहेको दिब्यनगर टोल विकास संस्थाको अगुवाईमा सोक्षेत्रका स्थानियवासीहरुले दिब्य ज्योती बहुमुखि क्याम्पसलाई आज ज्ञापन पत्र बुझाएका छन् ।

टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगी र समाज सेवी रामचन्द्र अधिकारीको नेतृत्वमा क्याम्पसमा गएको स्थानियवासीहरुको समुहले क्याम्पस प्रमुख विष्णु लम्साललाई उक्त ज्ञापन पत्र बुझाएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्बर–४ को कार्यालय,दिब्यज्योती मावि र स्वतन्त्र विद्यार्थी यूनियन दिब्य ज्योती बहुमुखि क्याम्पसलाई बोर्दाथ गरी दिएको पत्रमा क्यामपस र विद्यालयले विक्रि वितरण गरेको जग्गा आफुहरुले खरीद गरेपनि विचमा अर्कै ब्यक्तिहरुले चोरी दर्ता गरेको र आफुहरुसंग मनपरि रकम माग गर्ने तथा डर धम्की दिने गरेकाले तत्काल सो समस्या समाधानगरी आफुहरुलाई निकास दिन माग गरीएको छ । माग पत्रमा यदि तत्काल सो समस्या समाधान नगरेमा क्याम्पसमा तालावन्दी समेत गरीने जनाईएको छ ।

 

Leave A Reply

Your email address will not be published.