Jilla Ban Notis

पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बार्षिक साधारण सभा समपन्न् ।

0 36

कृष्ण ढकाल
्बर्दघाट,फागुन–१५
पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट–१०,अल्हावलको दशौं बार्षिक साधारण सभा समपन्न् भएको छ । तर दशौं बार्षिक साधारणसंगै हुने पांचौ अधिवेशनको भने भोली उमेद्वारी दर्ता हुने समय तोकीएको निर्वाचन मण्डलका संयोजक बद्री सुवेदीले बताउनु भएको छ ।

पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधब कुमार श्रेष्ठको अध्यक्षता र संविद्यान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले सामाजिक संघ संस्थाहरुमा नेततृत्व गर्ने ब्यक्तिहरुले संस्थागत नितिअनुसारको संस्थागत दायित्व पुरा गर्नुपर्ने बताउनु भएको थियो । उहांले मैले नेत्ृत्वगरेको संस्थामा कम्तीमा संस्थागतरुपमा संस्थागत नम्समा रहेर कामगरेको छु भन्ने आभास हुन जरुरी रहेको बताउनु भयो । त्यसैगरी उहांले नेतृत्वमा रहदा संस्थालाई सवल,सिस्टमिक र आर्थिक पारर्दसिता राख्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

संस्थाका उपाध्यक्ष ईन्द्र ढकालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ,बर्दघाट नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई,वडानम्वर १० का वडा वडाध्यक्ष राजु मिश्र,संस्थाका संस्थापक अध्यक्ष सम्भुलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष लोमा वाग्ले, जनकल्याण साकोसका अध्यक्ष डिक बहादुर पाण्डे, संसारकोट हरियाली सामुदायिक बन तथा उपभोक्ता समुहका अध्यक्ष कमल पराजुली, गैर सरकारी संस्थाका अध्यक्ष वालिन्द्र विक्रम शाही लगायतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

साधारण सभामा सस्था स्थापना देखी हाल सम्म सस्थाको बिकासमा अमुल्य योगदान पुर्याउनु भएकोमा सस्थापक अध्यक्ष शभुलाल श्रेष्ठ र उत्कृष्ट कार्यसम्पादन गरेकोमा व्यवस्थापक नारायण गिरिलाइ प्रमाणपत्र र दोसल्लाद्रारा सम्मान गरिएको छ ।

कार्यक्रममा अध्यक्षको प्रगति प्रतिवेदन ,कोषाध्यक्षको आर्थिक प्रतिवेदन,लेखा संयोजकबो आन्तरीक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरीएको थियो भने कार्यक्रमको संचालन सचिव यम बहादुर क्षेत्रीले गर्नु भएको थियो ।

बार्षिक साधारण सभामा प्रस्तुत गरीएको प्रतिवेदन अनुसार संस्थामा असार मसान्त सम्म १ हजार ९ सय ३६ निजि धाराहरु रहेको र पौष मसान्त सम्म ३७ लाख १७ हजार ८ सय ९४ रुपैया आम्दानी गरी २६ लाख ७६ हजार ७ सय ८५ रुपैया खर्च गरी १० लाख ४१ हजार १ सय ८ रुपैया बचत गर्न सफल भएको जानईएको छ ।

२०६१ सालमा स्थापना भएको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले २ वटा डिप बोरीङ्ग वाट २ सय २५ धनलिटर क्षमताको पानी टंकी मार्फत आफ्ना उपभोक्ताहरुलाई खानेपानी वितरण गर्दै आएको छ ।

 

Leave A Reply

Your email address will not be published.