मुक्ती तिवारी
फाल्गुन
बर्दघाट नगरपालिकाको वडा नम्बर १४ धर्मबस्तिमा बुधबार सामुदायिक भवनको शिलान्यास गरिएको छ। वडाअध्यक्ष केशव बहादुर खत्री क्षेत्रीले एक कार्यक्रमका बिच भवनको शिलान्यास गरेका हुन।
कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले तालिम,सभा,गोष्ठी,समारोह लगायतका विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु सन्चालन गर्नका निम्ति भवन निर्माण पश्चात् सबैलाई सहज हुने बताए।जनताको आवश्यकता र मागलाई मध्यनजर गर्दै क्रमिक रुपमा वडामा बिकासले गति लिएकाले सम्पुर्ण वडाबासीहरु बिकास निर्माणमा हातेमालो गरि एकजुट भएर अघि बढ्नु पर्ने बताउदै गुणस्तरीय रुपमा भवन निर्माण सम्पन्न हुने बिश्वास ब्यक्त गरे।
संघिय सरकारको २४ लाख ५० हजार,बर्दघाट नगरपालिकाको २ लाख ५० हजार र जनश्रमदानतर्फ ३ लाख १८ हजार गरि ३० लाख ६८ हजार कुल लागतमा भवन निर्माण गरिने भएको छ।चैत्र मसान्त भित्रमा निर्माण सम्पन्न गरिसक्ने उपभोक्ता समितिका अध्यक्ष कबिराज पौडेलले जानकारी दिए।