sunwal

खोप स्वास्थ्य सामाग्रीमात्र नभै खोप राजनितिक सामाग्री पनि हो ः मन्त्री त्रिपाठी

30

कृष्णढकाल
बर्दघाट,फागुन–९
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्ृदेश त्रिपाठीले खोप स्वास्थ्य सामाग्रीमात्र नभै खोप राजनितिक सामाग्री पनि भएको बताउनु भएको छ । पैसादिएर पनि कतिपय मुलुकहरुले अहिले कोरोनाखोप नपाएको अवस्थामा नेपालले प्राप्त गर्नु चानचुने कुरा नभएको बताउनु भएको छ । उहांले आन्तरीक तथा प्रक्रियागत रुपमा धेरै मिहिनेत गरेर मात्र खोप नेपालले प्राप्त गरेको बताउनु भएको थियो ।
गृहजिल्ला नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्वर ९, पञ्चनगर स्वास्थ्य चौकीको निर्माणधिन भवनको शिलन्यास कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री त्रिपाठीले उक्त कुरा बताउनु भएको हो । मन्त्री त्रिपाठीले आज मात्र दश लाख डोज खोप नेपाल भित्रिएको बताउनु भयो । त्यसैगरी फागुन २३ गतेवाट ६० वर्ष उमेर समुह माथिका सबैलाई कोरोनाखोप लगाउनका लागि तथ्यांक संकलन भैरहेको समेत बताउनु भएको थियो ।
मन्त्री त्रिपाठीले खोप सबैनागरीकलाई पुयउने,सबै पालिकामा निमार्ण हुनलागेका ५,१० र १५ शैयाका आधारभूत अस्पतालहरुको कामलाई पूर्णता दिने र स्वास्थ्य क्षेत्रमा रहेका कर्मचारीहरुको सन्तोषजनक मिलान गर्ने कामलाई विषेश जोड दिएको बताउनु भएको थियो।

फरक प्रसंगमा मन्त्री त्रिपाठीले अहिलेको राजनिति रामलिला जस्तो भएको ब्यंग गर्नु भएको थियो। उहांले पहिले गिरजा बाबु र शेरबहादुर देउवाले गरेजस्तैगरी फेरी पनि उही कहानी दोहरीएको बताउनु भएको थियो ।  बर्दघाट नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता र वडानम्वर ८ का वडाध्यक्ष कविराज आचार्यको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा संविद्यान सभा सदस्य विक्रम खनालले हरेक सामाजिक कार्यमा रचनात्मक सहयोग र समर्थन रहनेगरी सबैले कार्य गर्न जरुरी रहेको बताउनु भयको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाकी उप–प्रमुख मायादेवि पौडेल, प्रमुख प्रसाशकिय अधिकृत मेधराज पाध्य लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।  २ करोड ४३ लाख ९२ हजार २ सय ९२ रुपैया को लागतमा निमार्ण हुन लागेको पञ्चनगर स्वास्थ्य चौकी दुई तले रहने छ । जस्मा पहिलो तलामा १४ वटा र दोस्रो तलामा ६ वटा कोठाहरु निमार्ण हुने गरी स्टिमेट गरीएको छ । भवन निमार्णको जिम्मा किरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनि प्रा.लि.ले पाएको छ । १५ महिना मा निमार्ण सम्पन्न् गर्नेगरी आयोजना सम्झौताको भएको छ