Bardaghat Na pa

नेकपा विप्लव समूह सरकारसँग वार्ता गर्न तयार भयो ।

163

बर्दघाट,फागुन–८
नेकपा विप्लव समूह सरकारसँग वार्ता गर्न तयार भएको छ। विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार एक विज्ञप्ती जारी गर्दै आफ्नो समूह सरकारसँग वार्ता गर्न तयार भएको जनाएका छन।
विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तीमा क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको बताएका छन् ।
त्यसैगरी उनले विज्ञप्तीमा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं विज्ञप्तीमा उल्लेख गरीएको छ ।