Holi asnjal makar GURU

जिल्ला अदालतको टोलीद्धारा न्यायिक समितिको निरिक्षण एवं ईजलास अवलोकन

42

कृष्ण ढकाल
बर्दघाट,फागुन–८
जिल्ला अदालत नवलपरासीले बर्दघाट नगरपालिकाको न्यायिक समितिले सम्पादन गरेका कार्यहरुको निरिक्षण गरेको छ । शुक्रवार जिल्ला अदालतवाट आएको न्यायधीश चन्द्रकान्त पौडेल सहित शाखा अधिकृत समुद्र वि.क.को टोलीले बर्दघाट नगरपालिकाको न्यायिक समितिको निरिक्षण एवं ईजलास अवलोकन गरेको थियो ।

न्यायिक समितिको निरिक्षणका क्रममा बर्दघाट नगरपालिकाकी उप–प्रमुख तथा न्यायिक समिति संयोजक माया पौडेल,न्यायिक समिति सदस्य ध्रुव थारु उजुरी प्रशासक कमला सापकोटा, मिलमिलाप कर्ता भिम बहादुर कुवंर, नगरपालिकाका कानुनि सल्लाहकार रामकृष्ण पौडेल लगाएतको सहभागिता रहेको थियो ।

टोलीले बर्दघाट नगरपालिकाको न्यायिक समितिले सम्पादन गरेका कार्यहरु प्रभावकारी रहेको बताउदै न्याय सम्पादन गर्दा सकेसम्म दुबैपक्षको जित भएको महसुुस हुनेगरी कामगर्न सुझाव दिएको थियो ।

बर्दघाट नगरपालिकाको न्याययिक समितिमा अहिले सम्म २०५ वटा उजुरी परेको न्यायिक समिति संयोजक पौडेलले बताउनु भएको छ । उहांका अनुसार अहिले सम्म ४४ वटा घरेलु हिंसा,१० वटा कुटपिट,४ वटा सम्वन्धबिच्क्षेत र १९ वटा प्रक्रियामा रहेका छन भने १०५ वटा मिलमिलाप गरी सकिएको छ । अरु वांकी तामेलीमा रहेको उप प्रमुख पौडेलले बताउनु भएको छ ।