Jilla Ban Notis

किसानहरुले टमाटर नगरपालिकाको कार्यालय भित्रै फालेर बिरोध जनाए ।

0 60

कृष्ण ढकाल
बर्दघाट,फागुन–४
बर्दघाट नगरपालिकाका किसानहरुले आफुले उत्पादन गरेको टमाटर नगरपालिकाको कार्यालय भित्रै फालेर बिरोध गरेका छन । आफुले उत्पादन गरेको टमाटरले बजार नपाएको र बाहिरवाट आयतित् टमाटर बजारमा खपत भएको भन्दै किसानहरुले बिरोध स्वरुप नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएका थिए ।

किसानहरुले बिरोधका क्रममा ३० कुईन्टरल टमार दुईवटा गाडीमा ल्याएर नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन । आहिलेको बजार मुल्य अनुसार ३० हजार
मुल्य बराबरको टमाटर बर्दघाट नगरपालिका वडा नं। १४ र ७ का किसानहरुले फालेका हुन ।

यता बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले भने बजारीकरणका लागि नगरपालिकाले पहल गर्न सक्ने अवस्था रहदा रहदै पनि विना जानकारी किसानहरुलाई उल्काएर
किसान माथि राजनिति गरेको बताउनु भएको छ । उहांले किसानहरुको आन्दोलनमा वडाध्यक्ष स्वयमले प्रत्यक्षरुपमा आन्दोलनको अगुवाई गर्नु जायज नभएको समेत बताउनु भएको छ ।

विरोध पछि किसानहरुले ९ सदस्य वार्ता टोली गठन गरेर नगर उप प्रमुख माया देवि पौडेललाई नामावली बुझाएका छन् ।

Leave A Reply

Your email address will not be published.