Sarawal sit lahar Notis

प्रेस संगठन नवलपरासीको विस्तारित बैठक सम्पन्न्

सत्य तथ्य समाचारहरु सम्प्रेसण गर्न नेता अधिकारीको आग्रह ।

0 16

कृष्ण ढकाल
बर्दघाट,माघ–२१
प्रेस संगठन नवलपरासी पश्चिमको विस्तारित बैठक आज सम्पन्न् भएको छ । संगठनका जिल्ला सह–संयोजक मोहन पौडेलको अध्यक्षतामा भएको जिल्लाको विस्तारीत बैठकमा
नेकपाका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।
आज भएको प्रेस संगठन नवलपरासी पश्चिमको विस्तारित बैठकले संगठनमा आवद्ध पत्रकारहरुको हक हित र उनीहरुको नेतृत्व अभिबृद्धिका लागि गर्नु पर्ने कार्यहरुका वारेमा छलफल तथा निर्णयहरु गरेको छ । त्यसैगरी नेकपाको जिल्ला अध्यक्षमा चयन हुनुभएका दिपेन्द्र कुमार अधिकारीलाई स्वागत तथा सम्मान सहित बधाई ज्ञापन गरीएको थियो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका जिल्ला अध्यक्ष एवं लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले पत्रकारहरुको पेशा आफैमा जटील र समाज प्रति उत्तरदायी हुनु पर्ने भएकाले अहिलेको अवस्थामा पत्रकारहरु मारमा परेको भन्दै त्यसको समाधानका लागि आफुले आफ्नो पार्टीको तर्फवाट हुने र गर्न सकिने सहयोग गर्न तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
जनताहरुलाई कपोकल्पित भ्रामक कुराहरु गरेर आफ्नो स्वार्थ पुरा गर्नेहरुका विरुद्ध सत्य तथ्य समाचारहरु सम्प्रेसण गर्नका लागि नेता अधिकारीले पत्रकारहरुलाई आग्रह समेत गर्नु भएको थियो ।
त्यसैगरी उहांले अहिले तिनै तहका सरकारहरुले गरेका राम्रा तथा नराम्रा कामहरु सगै जनताहरुको चाहनाका वारेमा समेत सत्य समाचार सम्प्रेसणगरी सरकारलाई सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.