काठमाडौं माघ २१
।विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
केहीबेरअघि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा सपथग्रहण समारोह सम्पन्न भए पनि सथप लिने पदाधिकारीको नामावली भने प्राप्त भएको छैन । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले ३२ जना पदाधिकारीले सपथ लिनुभएको जानकारी गराउनुभयो । @ गोरखापत्र अनलाइन
