Jilla Ban Notis

लुम्बिनी प्रदेश सरकार खोरेत रोगको उन्मुलन अभियानमा ः मन्त्री पौडेल

0 61

माधब प्रसाद घिमिरे
बर्दघाट,माघ–८

लुम्बिनी प्रदेश सरकार खोरेत रोगको उन्मुलन अभियानमा लागेको भूमि ब्यवस्था तथा कृषी सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ । विहिवार नवलपरासीको बर्दघाट–१४ चौपत्तामा रहेको चन्द्रोदय बहुउद्धेशीय सहकारीको हलमा पशुपंछी तथा मत्स्य विकास निर्देशनालयद्धारा आयोजीत लुम्बिनी प्रदेश स्तरीय खोरेत रोग नियन्त्रण अभियानको खोप शुभारम्भ कार्यक्रमलाई संबोधन गर्दे मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो । मन्त्री पौडेलले सरकारले शुरुगरेको खोरेत रोगको उन्मुलन अभियान सफल पार्न किसानहरुको साथ र समर्थनले मात्र सम्भव रहने भएकाले सबैको सहयोग आवश्यक रहने बताउनु भयो ।

किसानहरुको गोठवारी सम्म नै पुगेर सेवा दिनेकार्यमा प्रदेश सरकार लागेको मन्त्री पौडेलले बताउनु भयो । उहांले अहिले किसानहरुका हजारौं विघा बांझोजग्गाले गिजाई रहेकोले नयां नयां योजना र ब्इवस्थाहरु ल्याएर ति बांझोजग्गाहरुको सदुउयोग गर्ने तयारीमा प्रदेश सरकार रहेको समेत बताउनु भयो ।

तुलसी भण्डारीको अध्यक्षता ,भूमि ब्यवस्था तथा कृषी सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता र भरत काफ्लेको संचालनमा भएको कार्यक्रममा बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख माया पौडेल,हरि बहादुर कुवंर,पूर्ण प्रसाद तिमिलसिना,भरत लम्साल लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.