Holi asnjal makar GURU

चिसापानी अस्पतालमा स्तनपान कक्ष स्थापना ।

102

माधब प्रसाद घिमिरे
बर्दघाट,माघ–४
चिसापानी अस्पतालमा दुधेबालक लिएर सेवा लिन आउने आमाहरुका लागि स्तनपान कक्ष स्थापना गरीएको छ । दुधखाने उमेर समुहका बच्चाका आमाहरुले आफ्नो बच्चालाई उनीहरुको समय अनुसार दुध खुवाउन असहता हुने भएकाले सेवामा आएको समयमा सहजता पूर्वक स्तनपान गराउन सहयोग पुगोस भन्ने हेतुले स्तनपान कक्ष स्थापना गरीएको अस्पतालका सुपरीडेन्डेन्ड डा. शान्ति के.सी.ले बताउनु भएको छ ।

आईतवार बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले एक कार्यक्रमका विच स्तनपान कक्षको समुद्घाटन समुद्घाटन गर्नु भएको हो । समुद्घाटन कार्यक्रममा नगर उप प्रमुख माया पौडेल,प्रमुख प्रसासकिय अधिकृत मेघराज पाध्य,स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो् ।

चिसापानी अस्पतालका सुपरीडेन्डेन्ड डा. शान्ति के.सी.को स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन अस्पतालका जनस्वास्थ्य निरीक्षक रमेश न्यौपानेले गर्नु भएकोा थियो ।    https://www.youtube.com/watch?v=sVZ2ql8fba4