Jilla Ban Notis

जनता माँझ छरिएको भ्रमहरु चिर्न जरुरी छ ः नेता खनाल

0 54

कृष्ण ढकाल
बर्दघाट पुष–२९

नेकपा पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको नेकपाका केन्द्रीय सदस्य बद्री खनालले बताउनु भएको छ ।
नेकपा ओलीपक्ष बर्दघाट नगरपालिका वडा नं. १४, १५ र १६ को संयुक्क्त भेलालाई सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य बद्री खनालले उक्त कुरा बताउनु भएको हो ।
उहांले प्रचण्ड र माधव नेपालको गलत प्रबृति , पद ,प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि फेरी पनि नेता र जनतामा भ्रम छर्ने काम भईरहेकोले यो विषयमा जनता मांझ छरिएको भ्रमहरु चिर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

तस्विर ः राम प्रसाद पौडेल

नेकपा १५ का वडाध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य बद्री खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा बोल्दै नेकपाका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले शुखि नेपाली समृद्ध नेपालको लक्ष्य बोकेर पार्टी एकीकरणको मर्मलाई स्वीकार गरी अघि बढिरहेका पार्टी अध्यक्ष केपी ओलीलाई घेरावन्दी गरेपछिको वाध्यात्म परिणाम रहेको बताउनु भएको थियो ।

आमोस तामाङ्गको कार्यक्रम संचालन र थर्क बहादुर सारुको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल, रुक्मागत ज्ञवाली, एकदेव पाण्डेय लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रविण गुरुङ्ग लगाएतका युवाहरु पार्टी प्रवेश गरेका थिए ।

पछिल्लो समय नेकपाले बर्दघाट नगरका वडा–वडामा संगठन विस्तार र कार्यकर्ताको संरक्षणलाई तीब्रता दिएको छ ।

Leave A Reply

Your email address will not be published.