Jilla Ban Notis

प्रगतिशील सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न ।

0 88

गौरीशंकर जयसवाल

परासी २६ पुस
प्रगातिशील बचत तथा ऋण सहकारी संस्था लि.को १४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षता र सुनवल वडानं ९ का वडाध्यक्ष कन्हैया थारुको प्रमुख अाितथ्यतामा सभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख आतिथी थारुले बचत र नाफा गर्नू भन्दा सहकारीमार्फत उत्पादन मूलकमा र कृषिमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । सधारणसभामा सहकारीका सचिव चुडामणि खनालले सचिवको प्रतिबेदन तथा कोषाध्यक्ष मुक्ति पराजुलीले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
२०६३ सालमा स्थापना भएको उक्त सहकारीमा शेयर पुजँी ५८ लाख ८२ हजार तीन सय ५० रुपैया रहेको छ । सहकारीले चालु १ लाख ९० हजार शुद्ध नाफा आर्जन गर्न सफल भएको सहकारीकी उापध्यक्ष तुलसी कुमारी कुवँरले जानकारी दिईन ।

सहकारीले २०७७ असार मसन्त सम्म ५ करोड ४१ लाख १० हजार ८ सय ११ रुपैया करोबार गर्न सफल भएको संस्थाका अध्यक्ष रामचन्द्रभण्डारीेले बताए । उक्त सहकारीले ४ करोड ४१ लाख ५९ हजार ६ सय १८ रुपैया ऋण लगानी गरेको संस्थाका व्यवस्थापक बिन्दु पौडेल न्यौपानेले जानकारी दिईन । साधारण सभामा रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतम लगायतले बोलेका थिए । सहकारीमा महिला ४५४ जना र पुरुष ४१३जना गरी ६सय ६७ जान शेयर सदस्य रहेका छन ।

Leave A Reply

Your email address will not be published.