Holi care school

पत्रकारहरुका लागि क्षमता अभिबृद्धि तालिम संचालन

28

माधब प्रसाद घिमिरे
बर्दघाट,पौष–२२
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले जिल्लाका सम्पूर्ण पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नका लागि क्षमता अभिबृद्धि सम्बन्धि तालिम संचालन गरेको छ ।
संघले एक कार्यक्रमका विच बुधवार क्षमता अभिबृद्धि तालीम को समुद्घाटन गरेको हो । सुनवल नगरपालिकाका नगर उप–प्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता सो तालीमको समुद्घाटन गरीएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि एवं नगर उप–प्रमुख दधिराम अर्यालले पत्रकारहरुले अब विट पत्रकारीता गर्न जरुरी रहेको धारण राख्नु भएको थियो । उहांले विट पत्रकारीता गरेमा विषयगत रुपमा पत्रकारहरुलाई चिन्न र सहकार्य गर्न पनि सहज हुने धारणा राख्नु भएको थियो । त्यसैगरी पत्रकारहरुसंग सुनवल नगरपालिका सदैब सहकार्य गरेको बताउदै आगामिदिनमा पनि सहकार्य गरेरै अघि बढ्ने प्रतिवघता समेत जाहेर गर्नु भएको थियो ।
समुद्घाटन कार्यक्रममा महासंघका जिल्ला सल्लाहकार गोपीराम ज्ञवाली लगाएतले आ आफ्ना धारणा राख्नु भएको थियो । शाखा अध्यक्ष हरि शर्माको अध्यक्षता र सचिव राजकुमार रेश्मीको संचालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।
दुई दिन सम्म संचालन हुने क्षमता अभिबृद्धि तालीमको पहिलो दिन अर्थात बुधवारको सहजीकरणमा नेपाल पत्रकार महासंघ केन्द्रिय कमीटीका सचिव राम प्रसाद दहाल रहनु भएको थियो ।